चैत २० गते शुक्रबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० चैत्र २०८२, शुक्रबार
7 Min Read
Aa

आज मिति वि. सं. २०८२ चैत २० गते शुक्रबार ई. सं. २०२६ अप्रिल ३ नेपाल सम्बत ११४६ चौलाथ्व पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल द्वितीया, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, व्याघात योग, कौलव करण । आज बिहान ५ बजेर ५४ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर २२ मिनेटमा अस्ताउनेछ ।

आजको राशिफल

- Advertisement -
Ad imageAd image

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– सामाजिक काममा रुचि बढ्नेछ । कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा विशेष प्रगति हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । रोकिएका काम फेरि प्रयत्न गरे लाभदायी परिणाममा पुग्न सकिनेछ । प्रेमभाव वृद्धिका साथै आरोग्यबल बढ्नेछ । परिवारजनको साथ, सहयोग र मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्य सार्थक रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– दिन केही चुनौतीयुक्त रहने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना छ, सचेत रही व्यवहार गर्नु हितकर होला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु बेस हुनेछ । परिवारजनको सहयोग लिने प्रयास गरे सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने देखिन्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रेमभाव वृद्धि हुनेछ । सबल स्वास्थ्यका लागि खानपानलगायतका शारीरिक व्यवहारमा सजगता अपनाउनु हितकर हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– व्यापार-व्यवसायमा लाभ हुने समय भएपनि बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने सम्भावना छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । व्यावसाय विस्तारका लागि यात्राको सम्भावना छ । मान र विद्याको सन्दर्भमा उपलब्धिमूलक समय छ । ब्यस्तता बढ्नेछ । रोकिएको कार्य सुचारु गर्न गहन मिहेनतको दरकार पर्ला । आरोग्यता रहनेछ । बुद्धि–विवेकको सही प्रयोगका कारण शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– सानो प्रयत्नले ठूलो काम सम्पादन हुने दिन छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ भने चिताएका काम सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । व्यवसायमा लगानी बढाउन सकिनेछ । आरोग्यबल बढ्नेछ । कुनै पनि प्रकारको शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– प्रतिष्पर्धीको सक्रियता र चुनौती बढेपनि कीर्तिमानी काम सम्पादन हुनसक्ने समय छ । अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय आएको छ । प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ, दाम्पत्य सम्बन्धमा पनि प्रगाढता आउनेछ । प्रगतिको दर बढ्नेछ । साथीभाइको सहयोले सुख बढाउला । रसराग एवम् खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । स्वास्थ्य केही कमजोर रहन सक्छ, जोश-जाँगरमा कमी आउने देखिन्छ । अध्ययन तथा लेखनमा खासै समय दिन नसकिएला । नचिताएको ठाउमा धननाश हुने योग छ, आर्थिक क्रियाकलापमा सावधानी अपनाउनु हितकर हुनेछ । नियमित काममा समेत केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– आजको दिन आफन्तजनबाट टाढिनुपर्ने देखिन्छ, तथापि सेवामूलक कामबाट धनलाभ हुने र सन्तान वा सहयोगीका माध्यमबाट विशेष काम बन्ने समय छ । पढाइलेखाइमा सामान्य प्रगति होला । मनोरञ्जनात्मक एवम् फलदायी यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका मित्रहरूसँग सम्बन्ध जोडिनेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख विलासको भाव जागृत होला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– वौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । प्रतिभाको कदर हुनेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । दिगो आम्दानी हुने काम सुरु गर्ने योग छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । भाग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछन् ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । तर, सरसापटमा धन खर्च हुने समय छ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– आजको दिन केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसक्दा असन्तुष्टि बढ्ने योग छ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने देखिन्छ । कुनैपनि कार्यमा हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ, व्यवहारमा लचकता अपनाउनु उचित हुनेछ । आरोग्यबल बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– भाग्योन्नतिको समय छ । नियमित कार्यमा जाँगर बढ्नुका साथै धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिने समय छ । ब्यवसायमा राम्रै लाभ होला । विगतको उपलब्धिले उत्साह जगाउनेछ । रोकिएको काम बन्नेछ । अध्ययन-अध्यापनमा प्रगति हुने देखिन्छ । परिस्थितिअनुसार चल्ने प्रयास गर्नु हितकर हुनेछ । मान्यजनसँग भने असमझदारी बढ्न सक्छ, व्यवहारमा विनीत भाव अपनाउनुहोला । सहयोगीहरूले फाइदा दिलाउनेछन् । तर, अरूको मात्र भर पर्दा धोका हुन सक्छ, ध्यान राख्नुहोला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा लाभ बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने समय छ । तर, प्रतिष्पर्धीहरू सक्रिय रहन सक्छन् । इर्ष्यागर्नेहरूले दुःख दिने योग छ । इष्टमित्रको सहयोगले चुनौती चिर्नुहुनेछ । मित्रहरूसँग रमाइले जमघट होला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्