चैत १८ गते बुधबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ चैत्र २०८२, बुधबार
7 Min Read
Aa

श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ चैत १८ गते तद्अनुसार सन् २०२६ अप्रिल १ तारिख बुधवार चैत्र शुक्ल पक्षको चतुर्दशी तिथि ६ः४८ पर पूर्णिमा तिथि उत्तरा फाल्गुनी नक्षत्र वृद्धि योग भद्रा करण आनन्दादिमा प्रवद्र्ध योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । नेपालमा सूर्योदय बिहान ५ः५७ मा भयो र सूर्यास्त साँझ १८ः२१ बजे हुनेछ । पूर्णिमा व्रत ।

आजको राशिफल

- Advertisement -
Ad imageAd image

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । कामको सिलसिलामा यात्रा गर्दै हुनुहन्छ भने कार्यसफलताको योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । केही समय लागे पनि महत्वपूर्ण कार्य सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा अझ फलदायी हुनेछ । आश मारेको फल पुनः प्राप्त हुने योग छ । कतैबाट शुभ समाचार प्राप्त होला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । यात्रापरक काम पनि बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । बौद्धिक प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । स्वास्थ्यमा पनि केही कमजोरी अनुभूति हुनेछ । नियमित कार्यमा केही चुनौतीको सामना गर्नुपरेपनि व्यापार–व्यवसायमा लाभ नै हुनेछ । व्यावसाय विस्तारका लागि यात्राको सम्भावना छ । आफ्ना धारणालाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी सावित हुनेछ । विवेकको सही प्रयोगले शत्रुमाथि विजय प्राप्ति हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय शुभदायी छ । रोकिएका काम ढुक्कले अघि बढाउन सकिनेछ । सोख पूर्तिका लागि केही खर्च बढ्न सक्छ । प्रेमको बन्धन कसिनुका साथै दाम्पत्य सम्बन्धमा रमाउने समय छ । दिन मनोरञ्जनपूर्ण रहला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । आलस्यले अवसर गुम्न सक्छ, चुस्त रहने प्रयत्न गर्नु अपरिहार्य छ । लेनदेन कार्यलाई आजको दिन थाती राख्नु उचित हुनेछ । समस्यामा साथीभाइको सहयोग मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बिनाप्रतिस्पर्धा फाइदा हुने समय भएपनि विशेष योजना कार्यान्वयनमा अरूको भरपर्दा काम रोकिन सक्छ । कामकै दौडानमा नयाँ ज्ञान सिक्ने मौका प्राप्त होला । आम्दानी बढ्ने र नयाँ सवारीसाधन प्राप्तिको योग छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ, ध्यान राख्नुहोला । मित्रजनको साथले भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुने देखिन्छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकार्षण रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अनुकूल समय छ । नियमित कार्यमा सहयोगीहरूले राम्रो साथ दिनेछन् । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । रोकिएका काम बन्नाले उत्साह जागृत होला । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट विशेष लाभ उठाउन सकिनेछ । कुनैपनि समस्याकको समाधान मिल्नाले कार्यगति बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): चुनौती चिर्दै काम सम्पादन गर्न सकिने समय भएपनि इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सावधान रहनुहोला । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आजको दिन खर्चको मात्रा केही बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु अन्ततः फलदायी नै हुनेछ । अरुबाट आलोचित हुने, विशेष काममा बाधा आउने, धनमाल हराउनसक्ने सम्भावना पनि रहेको छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पुरुषार्थी काम सम्पादन हुनसक्ने समय छ । रोकिएका काम बिस्तारै बन्नेछन् । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ, संयमपूर्ण व्यवहार गर्नुहोला । पठनपाठनमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा लाभको योग छ । स्वादिष्ट भोजनमा मन रमाउला । आरोग्यबल र आत्मविश्वास बढ्नेछ । सुख–सुविधाको वस्तुमा केही खर्च बढ्न सक्छ । योजना बनाएरमात्र आर्थिक व्यवहार गर्नु हितकर हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन केही चुनौती बढ्ने देखिन्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला । भेटघाटको अलमलले नोक्सान गर्न सक्छ । पहिलेको सम्झौताले अप्ठ्यारो पार्ने देखिन्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्नु उचित हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, यसमा ध्यान दिएर कार्ययोजना बनाउनु हितकर होला । रचनात्मक काम बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुने देखिन्छ । कमजोर मानसिकताले पछि परिएला । विशेष योजना अघि बढाउँदै हुनुहुन्छ भने हिम्मतले काम लिन सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुने योग छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेमसम्बन्धमा नयाँ मोड आउला । लेखन तथा प्रकाशनसित सम्बन्धित काम सार्थक रहनेछ । सुख विलास बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मिश्रित फलदायी समय छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पुरानो गतिले काम बिग्रन सक्छ । कसैलाई बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । शुभ भावका साथ गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । नसोचेको स्थानबाट धन आर्जन हुने येग छ । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । आर्थिक क्रियाकलापमा विशेष सफलता मिल्ने योग छ । आफन्तको साथ र परिवारिक सुख बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तर प्रयत्न गर्नु उचित हुनेछ । पारिवारिक जमघटमा मन रमाउला । आरोग्यबल वृद्धिले उत्साह जगाउनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्