राष्ट्रपतिद्वारा चैत १९ गते संघीय संसद्को अधिवेशन आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ चैत्र २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत १९ गते बिहीबारका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरिएको हो । अधिवेशन आगामी बिहीबार दिउँसो २:०० बजे संघीय संसद् भवन सिंहदरबारमा बस्नेछ ।

- Advertisement -
Ad imageAd image

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि आह्वान गरिएको पहिलो संसद् अधिवेशनलाई चासोका साथ हेरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्