चैत १६ गते सोमबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ चैत्र २०८२, सोमबार
7 Min Read
Aa

आज मिति वि. सं. २०८२ चैत १६ गते सोमबार ई. सं. २०२६ मार्च ३० नेपाल सम्बत ११४६ चौलाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल द्वादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शूल योग, बालव करण । आज बिहान ५ बजेर ५९ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर २० मिनेटमा अस्ताउनेछ ।

आजको राशिफल

- Advertisement -
Ad imageAd image

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्ने र दैनिक काममा पनि राम्रै फाइदा हुने योग छ । चिताएको काम बन्नाले प्रसन्नता मिल्ला । सन्तानपक्ष वा अनुयायीको सल्लाह, सहयोगले फाइदा हुने देखिन्छ । दीगो योजनामा लगानी वृद्धि होला । विशेष काममा अवरोध आउने सम्भावना रहेपनि मित्रजनको साथ मिल्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– उपलब्धिको स्रोत पहिल्याउन सकिने र आश मारेको काम बन्नाले उत्साह जाग्ने दिन छ । तर, अरूका काममा ज्यादा समय खर्चनुपर्ला । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिने योग छ । मिठो भोजन प्राप्त हुनेछ, तर सबल स्वस्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनुहोला । कर्मबल वृद्धि हुनेछ, यशवर्चश्व बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुने भएपनि काम बिग्रने डरले सताइरहन सक्छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्ने योग छ । यसका बाबजुद प्रेमभाव बढ्ने, मिठो भोजन प्राप्त हुने, यात्रागत कार्य सार्थक रहने देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– दिन केही चुनौतीयुक्त रहला । वादविवादमा परिने योग भएकाले बोली र विचारलाई तौलेर मात्र व्यक्त गर्नु उचित होला । आँट गर्न नसक्दा महत्वपूर्ण योजना कार्यान्वयन नहुन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने सम्भावना रहेकोले होसियारीसाथ काम लिनुहोला । अर्थअभावले अप्ठ्यारोमा पार्नसक्छ, सचेत रही व्यवहार मिलाउने प्रयत्न गर्नु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आरोग्यता रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति हुन सक्छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । सभ-समारोहमा मान प्राप्त हुने योग छ । ऋण र शत्रुमाथि विजय प्राप्त होला । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– समय शुभदायी छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने धन तथा भौतिक बस्तु लाभ हुनसक्छ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राो अवसर जुट्न सक्छ । सन्तानसुख बढ्नेछ । अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ । प्रेमभाव वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– आजको दिन अधिकारका लागि केही संघर्ष हुन सक्छ, तर विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । आफन्तको साथ मिल्नेछ । परिवारिक सुख पनि बढ्नेछ । तर, आँटेका काममा बाधा दिन खोज्नेहरूको सक्रियता रहने हुनाले विशेष सजगताका साथ व्यवहार गर्नु जरुरी छ । फजुल खर्च पनि बढ्ने देखिन्छ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पाप्त हुने समय छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिने दिन छ । तर, फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्, सजग रही कार्य-व्यवहार गर्नु उचित होला । । समयमा हिम्मत गर्न नसक्दा पछि परिने योग छ, ध्यान राख्नुहोला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्ने समय छ । तथापि, बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिएला । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका जुर्ला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, तर परिस्थिति तपाईंकै पक्षमा रहनेछ । आरोग्यबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्तिले सुख वृद्धि होला । खेलकुद र रसरागमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । परिवारजनको साथले उत्साह जगाउला । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी-कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । आयबल बढ्ने तथा धन आर्जनको योग छ । तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन्, सजग रहनु हितकर होला । । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्न मद्दत मिल्नेछ । यात्रामा सफलता प्राप्त होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– दिगो फाइदा हुने काममा लगानीको अवसर जुट्नसक्ने समय छ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुनसक्छ । आयआर्जन पनि राम्रै हुने देखिन्छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तर अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ । दौडधुप वृद्धि हुनेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । रसरागात्मक काममा आकर्षण बढ्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनसक्छ, तर शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । अरूको पूरै भरपर्दा धोका मिल्ने सम्भावना छ । आरोग्यता रहनेछ । वौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाएर अघि बढ्नु हितकर होला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्