आज मिति वि. सं. २०८२ चैत १३ गते शुक्रबार ई. सं. २०२६ मार्च २७ नेपाल सम्बत ११४६ चौलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल नवमी, चन्द्रमा मिथुन राशिमा, पुनर्वशु नक्षत्र, अतिगण्ड योग, कौलव करण । आज चैत्र दशैँको नवमी परेको छ भने विश्व रङ्गमञ्च दिवस मनाइदै छ । आज बिहान ६ बजेर २ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर १९ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– वौद्धिक रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्ने समय भएपनि धार्मिक कार्यमा खासै मन जानेछैन । कसैबाट विश्वासघात हुनसक्ने भएकोले गोपनीयतामा एकदमै सावधान रहनुपर्ला । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने प्रक्रियामा अनुकुलता बढ्नेछ । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने योग छ । आरोग्यता, प्रेमभाव र दाम्पत्यसुख बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । यात्रा सुखद रहला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– दिन चुनौतीयुक्त रहने देखिन्छ । विशेष काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । मातापिता र सन्तानसँग मतभेद बढ्ने देखिन्छ । पढाइलेखइमा अवरोध आउने योग छ । आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । कतै रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विगतको श्रमबाट राम्रै धनलाभ हुने देखिन्छ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । नयाँ कामहरू पाउने योग छ । आफन्तको साथ मिल्नेछ । आजको दिन चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरीतलिङ्गीबाट टाढा रहनु हितकर हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । शैक्षिक उन्नतिका अवसरहरू मिल्नेछन् । वैदेशिक कार्यहरू पनि सुचारु भएर जाने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । आयस्रोत बढ्नुका साथै मिठो भोजन प्राप्त होला । यात्रागत कार्य सार्थक रहनेछ । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ । सबल स्वास्थ्यका लागि आज खानपानमा विशेष सजग रहनु उचित हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– बलभन्दा बुद्धिको काममा जोड दिनुपर्ने समय छ । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने सम्भावना छ । नगद सहयोग गर्न बन्द गर्नु हितकर होला । विभिन्न उपहार प्राप्त हुने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिने छ । जोखिम बढ्नेछ तर राम्रै फाइदा होला । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भइ आफ्नो कार्य अघि बढाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । वैदेशिक कार्यहरू अगाडि बढ्नेछन् । तर, खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने सम्भावना छ, सावधानी अपनाउनुहोला । भेटघाटको अलमलले आजको योजना बिग्रन पनि सक्छ, ध्यान राख्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– अरुको विश्वास सजिलै जित्न सकिने समय छ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । तर, हाड जोर्नीको समस्याले सताउने देखिन्छ । धार्मिक कार्यमा खासै रुचि नहोला । खर्च केही वृद्धि हुनेछ । लेखन प्रकाशनसित सम्बन्धित काम सार्थक रहला ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय भएपनि आम्दानी सीमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ । प्रेम प्रसङ्गअघि बढ्दा अध्ययन कार्यमा केही कमी आउन सक्ने देखिन्छ, ध्यान राख्नुहोला । निको भइसकेको रोगले पुन सताउने योग छ । विगतको श्रमबाट भने राम्रै धनलाभ हुने सम्भावना छ । मिठो भोजन प्राप्त हुने दिन छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– मिश्रित फलदायी दिन छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुने समय छ । साहसिक काममा आकर्षण रहला । स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्छ, खानपानमा सजक रहनुहोला । गोपनियतामा निरन्तर कायम रहनु हितकर हुनेछ । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसँग विवाद पनि हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– बोलीको भरमा काम बन्ने दिन छ तर जोश-जाँगरले साथ नदिँदा समयमा कार्य सम्पादन नहुन सक्छ । निर्णायक क्षमतामा कमी आउला । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुनेछ । व्यापार व्यवसायमा आंशिक सफलता प्राप्त होला । आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने योग रहेकोले सजगताको दरकार छ । सुख र दुःखको मिश्रित अनुभूतिका साथ दिन बित्ने देखिन्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनसक्ने समय छ । पति-पत्नीबीच विवाद बढ्ने देखिन्छ, तर अतिरिक्त प्रेम-प्रसङ्गले सुखदानुभूति गराउनेछ । बोलीको गलत अर्थ लाग्नाले वादविवादको योग छ । सहयोगीहरू टाढिन सक्छन्, ध्यान राख्नुहोला । तपाईंका कमजोरीमाथि टिप्पणी हुनसक्छ । खर्च र ब्यस्तता केही बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– आजको दिन समाजसेवा तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । मिष्ठान्न भोजनको अवसर प्राप्त हुन सक्छ । कृषिकार्यमा केही समस्या देखिए पनि राम्रै धन आर्जन हुने समय छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला । पराक्रम र सुख बढ्नेछ । तथापि, विशेष योजनाप्रति लगनशील बन्न नसक्दा आफ्नैबाट आलोचनाको शिकार हुने योग छ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्