प्रधानमन्त्रीको शपथको पूर्वसन्ध्यामा बालेनको ‘जय महाकाली’ गीत सार्वजनिक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ चैत्र २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – बालेन शाहले प्रधानमन्त्री पदको शपथ लिनु अघिल्लो साँझ नयाँ र्‍याप गीत ‘जय महाकाली’ सार्वजनिक गरेका छन्। उनको आधिकारिक युट्युब च्यानलमार्फत बिहीबार बेलुकी गीत रिलिज गरिएको हो।

गीतमा शब्द, संगीत र स्वयं बालेनकै स्वर रहेको छ। गीतको भिडियोमा उनले देशको पूर्वदेखि पश्चिमसम्म गरेको चुनावी यात्राका झलक समेटिएका छन्।

- Advertisement -
Ad image

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट जितेपछि बालेन प्रधानमन्त्री बन्ने तयारीमा छन्। उनी शुक्रबार प्रधानमन्त्री पदको शपथ लिँदैछन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्