रास्वपा संसदिय दलको नेतामा बालेन चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्याे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ चैत्र २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई संसदिय दलको नेता बनाएको छ । बिहीबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदिय दलको बैठकले शाहलाई संसदिय दलको नेता घोषणा गरेको हो ।

बैठकमा सभापति रवि लामिछानेले शाहलाई दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत पारित गरिएको हो । याे सँगै बालेनलाइ प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

- Advertisement -
Ad image

शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी छ । पार्टीले बालेनलाई संसदीय दलको नेता चयन गरिएको जानकारी आजै राष्ट्रपति कार्यालयलाई दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्