भदौ २३ र २४ को घटनाको जाँचबुझ आयोग सहित तीन प्रतिवेदन सार्बजनिक गर्ने प्रधानमन्त्री कार्कीको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ चैत्र २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले ३ वटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन् ।

- Advertisement -
Ad image

प्रधानमन्त्री कार्कीले बुधबार भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।

यसअघि मंगलबार उनले नेपाल बाल संगठन र बालमन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी थिइन् ।

उनले गत चैत ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट तयार गरिएको सुशासन मार्गचित्र २०८२ कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय गरेकी छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्