चैत ०६ गते शुक्रबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ चैत्र २०८२, शुक्रबार
6 Min Read
Aa

आज मिति वि. सं. २०८२ चैत ०६ गते शुक्रबार ई. सं. २०२६ मार्च २० नेपाल सम्बत ११४६ चौलाथ्व द्धितीया , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल द्धितीया, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, ब्रम्ह योग, बालव करण एवं अन्तर्राष्ट्रिय खुशी दिवस र विश्व मुख स्वास्थ्य दिवस । आज बिहान ६ बजेर १० मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर १५ मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad image

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– घर परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउनसक्ने समय छ । कामहरु अधुरै रहनाले मन खिन्न रहन सक्छ । घरपरिवारबाट पनि खासै सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । आर्थिक कारोबारले व्यस्तता बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनाले सुखानुभूति होला । रसरागमा आकर्षण बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– समस्याहरु आफै किनारा लाग्नेछन् भने धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सकेजति खेर जाँदैन, अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । लाभदायी यात्राको योग छ । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– सामाजिक कार्यमा संलग्न हुनुपर्ने दिन छ । दान पुण्यका कार्यमा आकर्षण रहला । आजको दिन सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने सम्भावना छ । कृषिजन्य व्यापारबाट पनि राम्रो फाइदा हुने देखिन्छ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्ने योग छ । यात्रामा सफलता प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– आजको दिन व्यापारमा सोचेअनुरुपको फाइदा हुने देखिन्छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा होला । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नुहोला । शिक्षण–प्रशिक्षण कार्यमा भने आज खासै प्रगति नहोला । प्रेमभावका साथै सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– रोकिएका कामहरु बन्न थल्नेछन् । प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ । जाँगरमा सुधार आउनुका साथै आफन्तजनले पनि सहयोग गर्नाले सबै काम लाभदायी रहला । आर्थिक पक्षमा सफलता मिल्नुका साथै हितैषीजनसँगको भेटले मन रमाउने छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– आजको दिन अनावश्यक डर पैदा हुनुका साथै विवादको सम्भावना रहेकोले विशेष सजगताका साथ व्यवहार गर्नुहोला । महत्वपूर्ण कामहरु अधुरा रहन सक्छन् । स्वास्थ्य पनि केही कमजोर रहला । कसैसँग सामान्य विवाद वा झैझगडाको सम्भावना छ, सावधान रहेर ब्यवहार गर्नुहोला । तथापि, मिठो भोजन प्राप्त हुनेछ भने शत्रुपक्ष परास्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– त्यसै-त्यसै अन्योल र अलमल गराउने खालको समय छ । दौडधुप बढ्नेछ तर काममा मन नजान सक्छ । परिवारजनबाट भने सुख मिल्ने देखिन्छ । बिग्रेको प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव कायम रहला । आफन्तको साथ मिलेपनि सोचेको काम पूरा नहुन सक्छ । यात्रागत कार्यमा आंशिक सफलताको योग छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ भने महत्वपूर्ण काममा मित्रजनको सहयोग प्राप्त हुनेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने समय छ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । केही नयाँ कामको थालनी हुनसक्छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । रसरागको क्रियाकलापमा आकर्षण रहला । समग्रमा दिन रमाइलोको साथ बित्ने देखिन्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैयाँपैसाको कारोबार होला । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरू पनि बन्नेछन् । नयाँ सामान खरिदको सम्भावना छ । बाहन, चौपाया आदि प्राप्त हुने ग्रहयोग छ । प्रेमभावका साथै आत्मविश्वास वृद्धि हुनेछ । वौद्धिक र रचनात्मक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– नियमित कार्यमा जाँगर बढ्ने समय भएपनि परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने देखिन्छ । अनावश्यक खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । स्वास्थ्यसम्बन्धी समस्याले पनि सताउला । सोचेअनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । धैर्य र आत्मविश्वासका साथ चल्ने प्रयत्न गर्नु उचित होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– पराक्रमका साथै ब्यस्तता बढ्ने दिन छ । दिगो योजना प्रारम्भ हुन सक्छ, तर उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । साझेदारीमा फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्ने योग छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या रहन सक्छ । शत्रुपक्ष कमजोर रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– दिन केही चुनौतीयुक्त नै रहने देखिन्छ । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । अनावश्यक खर्च बढ्ने याोग छ । गरेका कार्यहरू सहजै नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने सम्भावना छ । महत्वपूर्ण कार्यमा बाधा पर्ला । चुनौतीका बाबजुद साहसिक काममा आकर्षण बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्