रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ चैत्र २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरण सर्वोच्च अदालतमा साेमबार ‘हेर्दाहेर्दै’मा राखिएको छ।

उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ भएको थियो।

- Advertisement -
Ad imageAd image

सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो। सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ अवस्थामा राखिएको छ। सुनुवाइ आजपनि निरन्तर हुने भएको छ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णयपछि कानुनी विवाद उत्पन्न भएको हो।

महान्यायाधिवक्ता भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्