रवि लामिछानेको मुद्दाको सुनुइवाई आज पनि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ चैत्र २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतले आईतबार हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि सुनुवाइ तोकेको हो । न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आईतबार हेर्दाहेर्दैमा राखेका थिए ।

- Advertisement -
Ad imageAd image

यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न आईतबार लागि पेस गर्न आदेश दिएको थियो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्