काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । आज बस्नेगरी पार्टीको बैठक बोलाइएको भएपनि स्थान र समय भने सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था हेरेर तय गरिने प्रवक्ता मनिष झाको भनाई छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस बैठकको मुख्य एजेन्डा रहेको छ ।
रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको छ । निर्वाचन आयोगले बिहीबार साँझ समानुपातिकतर्फको सिट बाँडफाँड गर्दै दलहरूलाई तीन दिनभित्र नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्