ओलीलाई समवेदना दिदै बालेनले भने- ‘पिताजस्तो रक्षक र गुरु कोही छैन’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ फाल्गुन २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् । ९७ वर्षको उमेरमा मोहनप्रसाद ओलीको शुक्रबार बिहान निधन भएको हो।

उनको निधनप्रति शोक व्यक्त गर्दै बालेनले ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन ।’ भनेका छन् ।

- Advertisement -
Ad image

उनले अगाडि लेखेका छन् ‘पात्र एक, भूमिका अनेक। केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ , पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ।’पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु। पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्