काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले पदबाट राजीनामा दिने बताएका छन्। सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँगको छलफलमा सभापति थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन लागेको जानकारी गराएका हुन्।
सोमबार साँझ नयाँ बानेश्वरमा भएको छलफलमा शर्माले भने तत्काल राजीनामा नदिन सभापति थापालाई सुझाव दिएका छन्।
पार्टीले पराजय भोग्नुको समग्र समीक्षा गरेर अघि बढ्नेपर्ने बेलामा राजीनामाले पार्टी झनै अफ्ठ्यारोमा पर्ने शर्माले सुझाव दिएको सभापति थापानिकट एक नेताले जानकारी दिए।
विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेको पाँच दिनमै उम्मेदवारी दर्ता गर्नुपरेको र ५०औँ दिनमै निर्वाचन भएकोले सबै दोष अहिलेको नेतृत्वको नभएको शर्माको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस्