फागुन २५ गते सोमबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ फाल्गुन २०८२, सोमबार
7 Min Read
Aa

आज मिति वि. सं. २०८२ फागुन २५ गते सोमबार ई. सं. २०२६ मार्च ९ नेपाल सम्बत ११४६ चिल्लागा षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, चैत कृष्ण षष्ठी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, व्याघात योग, गर करण । आज बिहान ६ बजेर २२ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ९ मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad image

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने समय छ, नियमित कार्यमा समस्या आउन सक्छ । मान-सम्मानमा कमी हुनेछैन, तर मनमा त्यसै-त्यसै आशङ्काको भाव पैदा हुनसक्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । आरोग्यबल बढ्नेछ । प्रतिष्पर्धीहरू प्रवल बनेर देखापर्न सक्छन् । नोकरीमा केही समस्या देखापर्ने सम्भावना छ, ध्यान राख्नुहोला । चुनौतीका बाबजुद दायित्व निर्वाहमा सफलता नै मिल्नेछ । प्रेमभाव र दाम्पत्यसुख बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– शुभदायी एवम् सफलताकारक समय छ । अधुरा काम बन्ने तथा नयाँ काम प्रािप्तको योग छ । नोकरीमा बर्चस्व बढाउन सकिनेछ, तर अध्ययन-अध्यापनमा खासै जाँगर नचल्ने देखिन्छ । अर्थलाभसँग सम्बन्धित कार्यमा गरिएका प्रयास सार्थक रहनेछ । यात्रागत कार्य केही कठिन भएपनि अन्ततः सफलतादायी सावित होला । नजिकका साथीभाइको सहयोग मिल्नाले कार्यगति बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । धन आर्जन हुने समय छ, तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने सम्भावना छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर होला । साहसिक काममा आकर्षण बढ्ने देखिन्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– आजको दिन नियमित कार्यहरू रमाइलो तरिकाले गर्न पाइनेछ । कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो रहनु उचित होला । रोकिएका कामहरु पनि सजिलै अघि बढ्नेछन् भने पराक्रम वृद्धि हुनेछ । सकारात्मक परिणामका लागि व्यस्तता वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । सुख-सुविधाको बस्तुमा खर्च हुने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– शुभदायी दिन छ । नवीन रोजगारीको सम्भावना छ । व्यापार र रोजगारीका क्षेत्रमा विशेष लाभ मिल्नेछ भने कतै आतिथ्यपूर्ण सम्मान पाइएला । यात्रागत कार्यमा सफलताका लागि विशेष सजगता अपनाइ काम गर्नुपर्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्ने समय रहेकोले आजको दिन विशेष सजग रही कार्य-व्यवहार गर्नुहोला । खर्च वृद्धि हुनसक्छ, नियन्त्रणका लागि प्रयास गर्नु हितकर हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनुहोला । काममा अरुको कम भर पर्नु उचित हुनेछ । सवारीसाधन तथा हातहतियारको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– दिगो फाइदा हुने काम सुरु हुनसक्ने समय छ । नोकरी तथा समाजसेवामा गरेका प्रयासहरु प्रशंसादायी रहनेछन् । विरोधिजनले पनि तारिफ गर्ने देखिन्छ । नयाँ कामको लागि नयाँ अवसर आउने योग छ । आरोग्यबल बढ्नेछ । सुख-आनन्द बढ्ला । साझेदारीको काममा सफलता मिल्नेछ । सामाजिक कार्यमा यश-वर्चश्व बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– मिश्रित फलदायी समय छ । व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन्, तर नसेचेको स्थानबाट स्थानबाट धन आर्जन हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउला । पढाइलेखाइमा मन जानेछ भने समस्याको बेला सही निर्णय गर्न सकिनेछ । दौडधुप र जोखिम केही बढेपनि समस्या नै निम्तने देखिन्न । साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– शुभदायी समय छ । विशेष कार्यमा मिलेको सफलताले थप काम गर्ने हौसला मिल्ला । धनलाभको योग छ । प्रेमको प्रसंग सुखद रहला । आमोदप्रमोदमा रम्ने अवसर जुर्ने देखिन्छ । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह देखापर्ने छ । मित्रजनबाट महत्वपूर्ण काममा साथ-समर्थन पाइनेछ । प्रगतिको दर बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्ला । यात्रापरक काम बन्नाले उत्साह बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– जाँगर र इच्छाका विपरीत बाध्यताका काममा जुट्नुपर्ने समय छ । स्वास्थ्य केही कमजोर बन्नुका साथै नियमित कार्यमा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी गर्दै हुनुहन्छ भने आज थाती राख्नु हितकर हुनेछ । मिठो भोजन प्राप्तिको योग भएपनि खानपानमा विशेष सचेत रहनुपर्ने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– वौद्धिक कार्यमा सफलता मिल्नुका साथै पारिवारिक सुखशान्ति वृद्धि हुने समय छ । तर, नयाँ योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने सोचेअनुसार काम बन्न कठिन छ । नयाँ वस्त्र, मीठो खानाको आनन्द मिल्ने योग छ । खर्च भने केही वृद्धि हुने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । सबल स्वास्थ्यका लागि खानपानमा सजक रहनु हितकर होला । मित्रजन सहयोगी बनेर देखापर्ने छन् ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– भाग्योदयको समय रहेको छ । साहसिक काममा आकर्षण रहनुका साथै कार्य-व्यापारमा सफलता प्राप्त हुनेछ । व्यापार तथा उद्योगमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने नसोचेको ठाउँबाट केही लाभ मिल्ने सम्भावना छ । आयआर्जन सन्तोषजनक रहनाले पारिवारिक आवश्यकता पूर्ति होला । आरोग्यबल बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्