रास्वपा ९९ क्षेत्रमा विजयी हुँदा २६ उम्मेदवारको अग्रता: कांग्रेस १४ र एमालेको सात जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ फाल्गुन २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमत नजिक पुगेको छ । प्रत्यक्षतर्फको १६५ सिटको मतगणना हुँदा अहिलेसम्म रास्वपाले ९९ क्षेत्रमा जित निकालेको छ भने अझै २६ क्षेत्रमा अगाडि छ ।

दोस्रो दल बन्न लागेको नेपाली कांग्रेसले १४ सिट जित्दा दुई क्षेत्रमा अग्रता कायम राखेको छ । तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले सात क्षेत्रमा जित निकाल्दा चार क्षेत्रमा अग्रता कायम राखेको छ । ६ क्षेत्रमा विजयी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई क्षेत्रमा अग्रता कायम राखेको छ ।

- Advertisement -
Ad imageAd image

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने एक क्षेत्र जुम्लामा मात्र जित निकालेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्