फागुन २४ गते आईतबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ फाल्गुन २०८२, आईतवार
7 Min Read
Aa

आज मिति वि. सं. २०८२ फागुन २४ गते आईतबार ई. सं. २०२६ मार्च ८ नेपाल सम्बत ११४६ चिल्लागा पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, चैत कृष्ण पञ्चमी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, ध्रुव योग, कौलव करण । आज बिहान ६ बजेर २३ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ८ मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad imageAd image

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । ठूलाबडाको आशीर्वाद र सहयोगले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । प्रेमभाव र आरोग्यबल बढ्नेछ । मित्रवर्गमा यशवर्चश्व रहनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– परिवारजनमा पाहुनाको चाप बढ्न सक्छ र, तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । नयाँ काम तथा जिम्मेवारी हातपर्ने देखिन्छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा सामान्य समस्या देखापर्न सक्छ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलास बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– आजको दिन मनमा दुविधा रहनसक्छ । सामाजिक काममा नाम रहनेछ तर जागिरमा चाहिँ विशेष होसियारी अपनाउनुपर्ने देखिन्छ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिकलाभ हुनेछ तर आर्जित धन जोगाउन सजग रहनुपर्नेछ । कसैसंग विवाद तथा मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । प्रशंसकहरूले पनि आलोचना गर्नसक्ने योग छ । यात्रागत कार्य सार्थक रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– व्यस्तता बढ्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनुहुनेछ । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुने देखिन्छ । रोकिएको काम मिहिनेतले बन्नेछ । सामथ्र्य वृद्धि होला । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्ने समय छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । सामथ्र्य वृद्धि होला । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– मिश्रित फलदायी समय छ । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । आफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा सुमधुर सम्बन्ध रहला । व्यापारबाट विशेष फाइदा हुनेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत भएपनि आजको दिन लाभ नै मिल्ने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । मिठो भोजन प्राप्त हुनेछ भने यात्रागत कार्य बन्नेछ । अनुकूलता वृद्धि भइ रोकिएको काम बन्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ । मनोरञ्जनमा आकर्षण रहला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– केही मात्रामा जोखिम बढेपनि परिणाममुखी काममा लगानीको समय छ । कर्मबल वृद्धि होला । बोलीको विपरीत अर्थ लाग्न सक्ने भएकोले मुखलाई नियन्त्रणमा राख्नु हितकर होला । नचिताएको स्थानबाट धनागमन हुन सक्ने योग छ । शरीर फूर्तिलो भएको महसुस होला । विशेष योजना कार्यान्वयनमा साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्ति र रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– आजको दिन वौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ भने पारिवारिक समस्या समाधान हुनेछ । आर्थिक पक्ष सुदृढ रहला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । तथापि, मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा पनि सोचेजस्तो रमाइलो नहुन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु आवश्यक छ । परिवारिक सुखले उत्साह वृद्धि गराउनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– चुनौतीका बाबजुद नसोचेको काम बन्नसक्ने समय छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । वौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । जीवनसाथी, सन्तति एवम् विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । प्रेमभाव वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोगका कारण कार्यगति बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– आजको दिन पारिवारिक वातावरण तपाईंको अनुकूल नरहन सक्छ । कल्पना र भावनामा केन्दित भइएला । तथापि, स्वास्थ्य सबल रहनाले पराक्रम र उत्साह बढ्नेछ । उद्योग तथा व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ । वौद्धिक काममा विशेष सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । लाभदायी यात्रा गर्नु छ भने समय शुभ छ । अधिकारप्राप्तिका लागि गरिने प्रतिस्पर्धामा विजयी भइने योग छ । शत्रुहरूको चलखेल बढे पनि तिनले हानी गर्न सक्ने छैनन् । मिठो भोजन प्राप्त हुनेछ । वौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक कार्यमा आकर्षण रहला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्