फागुन २३ गते शनिबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ फाल्गुन २०८२, शनिबार
6 Min Read
Aa

आज मिति वि. सं. २०८२ फागुन २३ गते शनिबार ई. सं. २०२६ मार्च ७ नेपाल सम्बत ११४६ चिल्लाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल चतुर्थी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वृद्धि योग, बव करण । आज बिहान ६ बजेर २४ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ८ मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad image

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– केही चुनौती बढ्नसक्ने समय छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । खास जिम्मेवारी प्राप्त भए पनि त्यसलाई सम्हाल्ने क्षमतामा ह्रास आएको महसूस हुनसक्छ । आत्मविश्वास जागृत तुल्याउने प्रयत्न गर्नुहोला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्नसक्छ, ख्याल राख्नुहोला । पढाइलेखाइमा खासै समय दिन नसकिएला । व्यावसायिक कार्य पनि अधुरै रहने सम्भावना छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– भाग्यबल बढ्ला । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, तर अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । यात्रागत कार्यबाट लाभ मिल्नेछ । अधुरा योजना पूरा हुने योग छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– मिश्रित फलदायी दिन छ । नियमित कामको चापबाट मुक्त रही विश्राम मिल्ने देखिन्छ । परिवारजनको साथले उत्साह जगाउला । तथापि, सहयोगीहरू पछि हट्नाले महत्वपूर्ण योजना थाती राख्नुपर्ने अवस्था आउला । प्रतिस्पर्धीहरूले सताउन सक्छन्, योजनाहरू गोप्य राख्नुहोला । विवादको योग रहेकोले साथीसंगीसँग सन्तुलित व्यवहार गर्नु हितकर हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने समय छ । छरछिमेकमा असमझदारी बढ्ने योग रहेकोले बोली र ब्यवहारमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । नियमित कार्यमा पनि थप होसियारी अपनाउनु उचित होला । आर्थिक अभावले महत्वपूर्ण कार्य रोकिनसक्छ । दाम्पत्य सम्बन्धमा चिसोपन आउने योग छ, ध्यान राख्नुहोला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– सामाजिक उत्तरदायित्व बहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका जुर्ने देखिन्छ । महत्वपूर्ण काम पूरा नभए पनि आंशिक फाइदा होला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, तर जित तपाईंकै हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । यात्रागत कार्य पनि सार्थक हुने योग छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– गर्न लागेका महत्वपूर्ण काममा बाधा पुऱ्याउनेहरू सक्रिय हुनसक्ने समय छ, सावधान रहनु उचित होला । अधिकारका लागि केही संघर्ष हुन सक्छ । आजको दिन फजुल खर्च पनि बढ्ने देखिन्छ । निरर्थक यात्राबाट जोगिन विशेष प्रयत्न गर्नु उचित होला । अथक मेहनतले विशेष उपलब्धि दिलाउने योग छ । मित्रमण्डलीका माझ मान–सम्मान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– दिन केही चुनौतीयुक्त रहनसक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुने योग छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ, ध्यान दिनुहोला । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनु उचित हुनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ, साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम पनि बुद्धि-विवेकको सही प्रयोगले सार्थक बन्ने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुपर्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नियमित कार्यमा भने चुनौती आइपर्न सक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । काम बिग्रने डरले सताइरहनेछ, तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । । समस्यामा आफन्तजनको साथ मिल्नेछ । यात्रागत कार्य बन्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– नियमित कार्यमा चुनौती र अवरोध आउन सक्छ, तर प्रवल आत्मविश्वासका कारण समस्याहरू पन्छिनेछन् । आफ्नै प्रयत्नबाट चिताएको काम बन्नाले प्रशन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् । सन्तानपक्षबाट सुख मिल्नेछ । मातृशक्तिको सल्लाह र सहयोगले विशेष फाइदा हुने योग छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– आजको दिन दिगो फाइदा मिल्ने काममा लगानी गर्ने मौका प्राप्त हुन सक्छ । मेहनतको फल भरपूर प्राप्त हुने देखिन्छ । परिवारजनका आवश्यकता पूरा हुनेछन्, तर शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । स्थायी सम्पत्तिमा पनि विवाद आउनसक्छ । खास मित्रबाट महत्वपूर्ण सहयोग मिल्ने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– अधुरा योजना अघि बढ्ने तथा बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुने समय छ । मित्रजनको बलियो साथ मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने योग छ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । मिठो भोजन मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्