फागुन २० गते बुधबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० फाल्गुन २०८२, बुधबार
7 Min Read
Aa

आज मिति वि. सं. २०८२ फागुन २० गते बुधबार ई. सं. २०२६ मार्च ४ नेपाल सम्बत ११४६ चिल्लाथ्व पारू, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल प्रतिपदा, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, धृति योग, कौलव करण । आज बिहान ६ बजेर २७ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ६ मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad imageAd image

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– आजको दिन धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्ने देखिन्छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ने देखिन्छ । रोकिएका काम सम्पादन हुनेछन् भने बौद्धिक कार्यमा राम्रै प्रगति हेला । पठन-पाठनमा प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ने योग छ । केही जोखिम बढेपनि व्यापार तथा उद्योगतर्फ फाइदा हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । रसरागमा आकर्षण बढ्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । काममा महत्वपूर्ण व्यक्तित्वको सहयोग प्राप्त हुने योग छ । प्रतिष्ठित काम गर्ने मौका जुर्ला । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । प्रतिष्ठा कमाउने बेला छ । प्रेमभाव वृद्धि हुनेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– व्यस्तता बढेपनि आजको दिन रोकिएका काम सम्पादन हुनेछ भने विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्नेछ । आर्थिक अभावले चाहिँ अलिक सताउन सक्छ, ध्यान राख्नुहोला । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि-चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । रसरागात्मक कार्यमा आकर्षण रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– बोलीको भरमा काम सम्पादन हुनसक्ने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट विशेष लाभ मिल्ने देखिन्छ । कुनै काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ नै मिल्नेछ । मान-सम्मान बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । इष्टदेवको पूजा-उपासना गर्नाले विशेष फाइदा होला । केही विवादमा परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा आजको दिन अलिक सावधानी अपनाउनु उचित हुनेछ । ब्यस्तता बढेपनि रोकिएको काम मिहेनतले बन्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुने योग छ । तथापि, धेरै श्रमपछि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा पनि सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– केही बाध्यताका काममा जुट्नुपरे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । आज व्यावसायिक यात्राको सम्भावना छ । आम्दानी पनि बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रतिस्पर्धी परास्त हुने तथा सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने योग छ । कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला, ध्यान राख्नुहोला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– विगतको श्रमबाट राम्रै धनलाभ हुने समय छ । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइएला । व्यावसायिक काममा राम्रै फाइदाको योग छ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ र तिनबाट राम्रै आश्वासन मिल्ने देखिन्छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । रसरागको कार्यक्रममा आकर्षण रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने समय छ । धर्मकर्ममा आकर्षण बढ्ला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । प्रतिष्पर्धी पछि पर्नेछन् । परिवारका लागि खर्च बढ्ने योग छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका जुर्ला । आरोग्यबल बढ्नेछ । तथापि, पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने सम्भावना छ, सजग रहनुहोला । सुख-सुविधाको बस्तुमा खर्च बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– दिन चुनौतीयुक्त छ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । विगतका समस्या बल्झिन सक्छन् भने स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ । प्रतिकुलताका बाबजुद पारिवारिक जमघटमा मन रमाउने योग छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला । प्रेमभाव बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– परिश्रम परे पनि नियमित काममा सफलता नै मिल्नेछ । भाग्योन्नतिको समय भएकोले आर्थिक उपार्जनमा पनि सुधार आउला । सहयोगीहरूले साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्ने योग छ । नयाँ काममा हात हाल्दा फलदायी नतिजा आउनेछ । धन आर्जन गर्ने मौका जुर्नाले उत्साह बढ्नेछ । आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्