दुर्गा प्रसाईं पक्राउ विरुद्धको रिटमा कारण देखाऊ आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ फाल्गुन २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – सर्वोच्च अदालतले दुर्गा प्रसाईं पक्राउ विरुद्धको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।

भक्तपुरस्थित निवासबाटै सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईंको हकमा अधिवक्ता सुरेश बोहराले जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

- Advertisement -
Ad imageAd image

गत आईतबार प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

यसअघि पनि पक्राउ परेका उनी सर्वाेच्च अदालतको आदेशले रिहा भएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्