धनुषामा बम विस्फोट हुँदा दुई बालबालिका घाइते

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ फाल्गुन २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं – धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा विस्फोटक पदार्थ पड्किँदा दुई जना स्थानीय बालक घाइते भएको छ।

बडहरीस्थित बडहरी पुलमाथि टेपले बेरिएको शंकास्पद वस्तुमा हिँडिरहेको दुई जना स्थानीय बालकको खुट्टाले छोएपछि उक्त बस्तु विस्फोट भएको हो।

- Advertisement -
Ad imageAd image

विस्फोटमा मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेलको दुबै खुट्टामा सामान्य चोट लागेको छ भने ८ वर्षीय सुशील माझीको शरीरका विभिन्न अंगहरुमा सामान्य चोट लागेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रहरीको एक टोली उक्त स्थानमा पुगेर अनुसन्धान सुरु गरेको छ। अहिलेसम्म विस्फोट भएको वस्तुको यकिन हुन नसकेको धनुषा प्रहरीको भनाइ छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्