आज मिति वि. सं. २०८२ फागुन १९ गते मंगलबार ई. सं. २०२६ मार्च ३ नेपाल सम्बत ११४६ चिल्लाथ्व पुर्णिमा, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन शुक्ल पुर्णिमा, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सुकर्मा योग, बव करण एवं तराईका जिल्लामा होली पर्व मनाइदै छ भने विश्व वन्यजन्तु दिवस । आज बिहान ६ बजेर २८ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ५ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– नयाँ जिम्मेवारी हातपर्ने समय छ । आर्थिक पक्ष सबल हुने देखिन्छ । स्वास्थ्यमा केही समस्या देखापर्न सक्छ, ध्यान राख्नुहोला । परिवारमा पाहुनाको चाप बढ्ने र तिनको आवागमनमा ज्यादा समय दिनुपर्ने अवस्था निम्तने सम्भावना छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । यात्रागत कार्यमा मित्रजनको सहयोग प्राप्त हुनेछ । पराक्रमका साथ कार्यगति बढ्नेछ । अध्ययन–अध्यापनमा पनि राम्रै प्रगति हुने योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– चुनौती र अप्ठ्यारा हटाउन गरिएको प्रयास सफल हुने समय छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी तथा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्नेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पुरानो गतिले काम बिग्रन सक्छ, ध्यान राख्नुहोला । पारिवारिक सुखशांति बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– लाभदायी कार्ययोजना प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ भने गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । घर-जग्गा तथा बन्धुबान्धवसँग चाहिँ असमझदारी बढ्ने योग छ । काममा स्थानान्तरण हुन सक्छ, यात्राको सम्भावना छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रमका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– दौडधुप बढ्ने र आफ्नो लागि भन्दा अरुको काममा ज्यादा समय दिनुपर्ने दिन छ । आर्थिक पक्ष सुदृढ रहला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । तथापि, मनमा दोधारको अवस्था सिर्जना हुने देखिन्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु हितकर होला । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– मिश्रित फलदायी समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जाला । रोकिएका काम सम्पादन हुनेछन् भने बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । आजको दिन मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ, संयम राख्नुहोला । सवारी साधनको प्रयोगमा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिने योग छ । आरोग्यबल बढ्नेछ । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला । परिवारिक सुख र उत्साह बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– ठूलाबडाको साथ, सहयोग र आशीर्वादले रोकिएको काम बन्नसक्ने समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । इर्ष्या गर्नेहरूले काममा अवरोधको प्रयास गर्न सक्छन्, सजग रही व्यवहार गर्नुहोला । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा सफलता मिल्नेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– नियमित कार्यमा चाप बढ्ने दिन छ । पारिवारिक सहयोग प्राप्त होला । दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । व्यावसायिक ब्यस्तताका कारण प्रेम सम्बन्धमा पनि प्रभाव पर्ने सम्भावना छ । स्वास्थ्य अलिक कमजोर रहला । कतै टाढाको यात्रा हुने सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु हितकर होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– रोकिएको काम बन्ने तथा उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आफूभन्दा वरिष्ठ व्यक्तित्वका साथमा सुमधुर सम्बन्ध बन्नेछ, जसबाट सम्भावनाका नयाँ ढोका खुल्न सक्छन् । बन्दव्यापारबाट फाइदा हुनेछ भने आर्थिक पक्ष सबल नै रहने देखिन्छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दै हुनुहुन्छ भने राम्ररी मोलतोल गर्नु हितकर होला । आरोग्यबलका साथै सुख बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्ने योग छ । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । यशवर्चश्व बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– चुनौतीका बाबजुद नसोचेको काम बन्नसक्ने समय छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । पराक्रम वृद्धिले नियमित कार्यमा जाँगर बढ्ला । सुख विलास बढ्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– मिश्रित फलदायी दिन छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले बोली र व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर होला । कल्पना र भावनामा केन्दित भइने देखिन्छ । तथापि, नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । शारीरिक स्फूर्ति बढ्ला । परिणाममुखी काममा लगानीको समय छ । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । चुनौतीका बाबजुद दायित्व निर्वाह गर्नुहुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– पारिवारिक वातावरण खासै अनुकूल नरहेपनि पराक्रम र उत्साह बढ्नेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त होला । स्वास्थ्य सबल रहनेछ र काममा पनि विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । प्रेमभाव बढ्नेछ । यात्रामा मिठो भोजन प्राप्त होला । चिताएको काममा आत्मविश्वासका कारण सफलता मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्