खाडीमा रहेका नेपालीका लागि कांग्रेसले ल्यायो ‘हेल्प डेस्क,व्हाट्सएप मार्फत सहयोग लिन सकिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ फाल्गुन २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – मध्यपूर्वमा समस्यामा परेका नेपालीको सहयोगका लागि नेपाली कांग्रेसले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय विकसित घटनाक्रमपछि विभिन्न देशमा रहेका नेपालीहरूलाई राहत, स्थानान्तरण तथा तत्काल उद्धारको आवश्यकता रहेको भन्दै कांग्रेसले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको हो ।

- Advertisement -
Ad imageAd image

सभापति गगन थापाले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको जानकारी गराउदै फोन वा व्हाट्सएप मार्फत सम्पर्क गरी सहयोग लिन सक्ने जानकारी दिए ।

उनले भनेका छन्, ‘मध्यपूर्वमा विकसित भएको पछिल्लो अवस्थाका कारण त्यहाँका विभिन्न देशमा रहनुभएका धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रभावित हुनुभएको छ। कतिपयलाई सम्पर्क गरी राहत, स्थानान्तरण र तत्काल उद्धारको आवश्यकता परेको छ। विदेशमा रहनुभएका धेरैको आफ्नो परिवारसँग सम्पर्क हुन सकिरहेको छैन ।साथै नेपालबाट उड्ने धेरै उडानहरू रद्द भएका कारण यहाँ रहनुभएका प्रभावित हुनुभएको छ। सरकारले यसमा आफ्नो तवरले काम गरिरहेको छ। त्यसमा सबैलाई थप आवश्यक सहयोग पुऱ्याउन हामीले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएका छौँ।’

उनले उडान अवरुद्ध भएर काठमाडौंमा रोकिएकाहरूलाई आफ्नो गृह जिल्ला वा घरसम्म पुग्नका लागि यातायातको पनि आवश्यक प्रबन्ध गरेको बताएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्