प्रतिनिधिसभा सदस्य निर्वाचन: सम्पूर्ण तयारी अन्तिम चरणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ फाल्गुन २०८२, शुक्रबार
1 Min Read
Aa
सञ्चारकर्मीसँग निर्वाचन आयोग काठमाडौँ, १५ फागुनः निर्वाचन आयोग नेपालको कार्यालयमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबारे जानकारी दिन शुक्रबार आयोजित नियमित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईलगायत । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । आयोगले आज यहाँ आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

मतदाता शिक्षा कार्यक्रम ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा जारी छ । स्वयम्सेवक परिचालन गरी फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म जारी रहनेछ । मतदान केन्द्रका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् ।

- Advertisement -
Ad image

मतदान केन्द्र रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतका भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराइदिन नेपाल सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको पनि उनले बताए । निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय आयोगबाट भइसकेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्