धादिङ बस दुर्घटना: १९ जनाकै पहिचान खुल्याे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ फाल्गुन २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं – धादिङमा बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै पहिचान खुलेको छ । सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो।

बसमा चालकसहित ४४ जना सवार थिए । मृत्यु भएका मध्ये ९ जनाको बिहान सनाखत भएको थियो भने साँझ सम्म बाँकी १० जनाको सनाखत भएको छ ।

- Advertisement -
Ad imageAd image

दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये अधिकांशको काठमाडौं स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागी ल्याइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्