आज मिति वि. सं. २०८२ फागुन १० गते आईतबार ई. सं ..२०२६ फेब्रुअरी २२ नेपाल सम्बत ११४६ चिल्लाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शिशिर ऋतु, फागुन शुक्ल पञ्चमी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, शुक्ल योग, बालव करण । आज बिहान ६ बजेर ३७ मिनेटमा झुल्किएको घाम साँझ ६ बजे अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– नियमित कार्यमा जाँगर बढ्ने तथा कामको उच्च मूल्याङ्कन हुने समय छ । बोलीको कदर हुनेछ भने विशेष खुशीको समाचार सुन्न पाइने योग छ । सोचेको विशेष योजनामा काम गर्ने वातावरण मिल्ला । दिनदुःखीलाई दिएको सहयोगले मन प्रफुल्ल तुल्याउनेछ । उचित ठाउँमा धन लगानी गर्ने अवसर जुर्ने देखिन्छ । प्रेमभाव एवम् दाम्पत्यसुख बढ्नेछ । आरोग्यबल बढ्नेछ । रसरागको भाव वृद्धि होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– शुभदायी दिन छ । मित्रजनले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । बिग्रिएका कामहरू बन्नाले उत्साह वृद्धि होला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– आम्दानी बढ्ने र प्रयास गर्दा उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिनेछ । धनार्जनको विशेष अवसर मिल्ने सम्भावना छ । अरुको मन सजिलै जित्न सकिएला । अनुकुलताका बाबजुद मनमा खराब विचारहरुले डेरा जमाउन सक्ने र मानसम्मानमा आघात पुग्ने योग छ, सचेत रही व्यवहार गर्नुहोला । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । नियमित कार्यमा थकानको अनुभव होला । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्ने योग छ । अप्रिय समाचार सुन्नुपर्दा मन खिन्न हुनेछ । खर्चवृद्धिले सताउन सक्छ । विश्वास गरेकाबाट धोका हुन सक्छ, सावधान रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । आलोचनाको शिकार बन्नबाट जोगिन विशेष प्रयत्न गर्नुहोला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– दिन सुखदायी नै रहने देखिन्छ । काममा मित्रजनको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले सकारात्मक प्रभाव पैदा गर्न सक्छ । व्यापारमा लाभ हुनेछ भने समाजमा प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुचि बढ्ला । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साहप्रद देखिन्छ । आयस्रोत बढ्नेछ । अनुकूलता वृद्धिले यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– आकस्मिक यात्राको समय छ । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सजग रहनुहोला । समाजमा कुरा काट्नेको कमी हुने छैन । सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । नयाँ जिम्मेवारी पाइएला । यात्रापरक काम बन्नेछ । विपरीतलिंगीको साथ मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– समय मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट राम्रै फाइदा उठाउने मौका मिल्ला । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । पशुधन र जमिनबाट लाभ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ भने मित्रसुख प्राप्त होला । आरोग्यबल बढ्नेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– वौद्धिक र सृजनात्मक कर्ममा सफलता मिल्ने समय भएपनि सानातिना काम र घरेलु समस्यामा नै समय ब्यतीत हुने देखिन्छ । शुभचिन्तकहरूले तपाईंका कमजोरीप्रति गुनासो गर्न सक्छन् । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने योग रहेकोले विशेष सावधानीको खाँचो छ । स्वास्थ्य केही कमजोर रहन सक्छ । दैनिक कामकाजमा असर पर्ने सम्भावना छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानीको बाटो पनि खुल्ने योग छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सुख विलासको माहोलमा दिन बित्ने देखिन्छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– आजको दिन विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ, सजग रहनुहोला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । व्यापारमा हानी र कर्मचारीले अपजस व्यहोर्नुपर्ने योग छ । आज यात्रागत कार्य थाती राख्नु उचित हुनेछ । आरोग्यता रहनेछ । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण बढ्ने देखिन्छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ, ब्यवहारमा सरलता अपनाउनुहोला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । पारिवारिक समस्याले मन खिन्न हुने देखिन्छ । अनावश्यक ब्यस्तता र खर्च बढ्ने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– नसोचेका कामहरु बन्ने दिन छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुने र विपरीतलिङ्गीबाट सहयोग मिल्ने देखिन्छ । धन आर्जन गर्ने मौका जुर्ला । नियमकानूनले साथ दिनाले सजिलै दायित्व पूरा गर्न सकिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्