फागुन ०४ गते सोमबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ फाल्गुन २०८२, सोमबार
6 Min Read
Aa

आज मिति वि. सं. २०८२ फागुन ४ गते सोमबार ई. सं. २०२६ फेब्रुअरी १६ नेपाल सम्बत ११४६ सिल्लागा चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण चतुर्दशी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, वारियान योग, शकुन करण । आज बिहान ६ बजेर ४२ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ५६ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– सुख र दुःखको सम्मिश्रणको समय छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । स्वास्थ्य भने खासै सबल नरहला । विश्वास गरेका साथीसंगीले धोका दिने र परिवारजनले समेत साथ नदिनसक्ने सम्भावना छ, सावधान रहनुहोला । भ्रमणमा आकर्षण रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– परिश्रमअनुसार कममात्र लाभ मिल्ने समय छ । नियमित खर्च पनि बढ्ने देखिन्छ । पति-पत्नीबीच असमझदारी बढ्न सक्छ, ब्यवहारमा लचकता अपनाउनु हितकर होला । स्वास्थ्य केही कमजोर रहनसक्छ । खानपानमा विशेष सजगता अपनाउनु उचित हुनेछ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ, तर समाधान हुनेछ । चुनौतीका बाबजुद सामर्थ्य वृद्धि हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्ने समय छ । अध्ययन-अध्यापनमा प्रगति हुनेछ । नयाँ शिप तथा ज्ञान प्राप्त होला । कृषि र पशुपालनबाट विशेष फाइदा होला । यात्रागत कार्य उपलब्धिमूलक बन्ने देखिन्छ । नियमित कार्यमा उत्साह जागृत होला । सन्तानपक्षबाट सुख मिल्नेछ । नियमकानूनले साथ दिनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– सामाजिक तथा परोपकारी काममा रुचि जाग्ने समय छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । आयआर्जनका नयाँ स्रोत थपिनेछन् भने कामको दायित्व बढ्ने देखिन्छ । विशेष सभा-समारोहमा भाग लिने मौका जुर्ने एवम् मानसम्मान प्राप्त हुने योग छ । प्रेमभाव वृद्धिका साथ आमोदप्रमोदमा रम्नुहुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने समय छ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उपयुक्त बेला छ । परिश्रमको राम्रो मूल्यांकन होला । चिताएको काम बन्ने देखिन्छ, तर वैदेशिक रोजगारीको काममा भने केही समस्या आउने देखिन्छ । दाम्पत्यसुख बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विपरीतलिंगीको साथ-सहयोग रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– आजको दिन साहसिक काममा विशेष आकर्षण बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि होला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । धनलाभको योग छ । आम्दानीका विभिन्न माध्यम फेलापर्नेछन् । तर, प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ, सजग रहनुहोला । स्वास्थ्य सबल रहला । सुख-सुविधाको वस्तु खरिदमा खर्च हुनसक्छ, योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– वौद्धिक पक्ष सबल बन्नुका साथै मान-सम्मान पाइने समय छ । आफन्त एवम् मित्रजनको सहयोगबाट कार्यगति बढ्ने देखिन्छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानपक्षबाट पनि सुख मिल्नेछ । रोकिएका काम सुरु हुनेछन् भने आयआर्जनका स्रोत बढ्नेछन् । यात्रागत कार्यमा विशेष सफलता मिल्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने समय छ । आँट र आनन्द वृद्धि हुनुका साथै। प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइमा सुधार हुनेछ । व्यापार-व्यवसायमा प्रगतिका साथै राम्रै लाभ मिल्ने देखिन्छ । आनन्द बढ्नेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान होला । परिवारिक सुखले उत्साह बढ्ने योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– मिश्रित फलदायी समय छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ भने पारिवारिक समस्याहरू देखापर्न सक्छन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने सम्भावना छ, होसियार रहनुहोला । आफन्तजनको चाहिँ साथ मिल्नेछ । लेखन-प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता हातपर्ला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– परिवारजनसँग आत्मीयता बढ्नुका साथै पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । सभा–समारोहमा मान पुरस्कार प्राप्ति र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । तर आजको दिन आर्थिक अभावले सताउन सक्छ, विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ, धैर्यले काम लिने प्रयत्न गर्नुहोला । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । आरोग्यबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला । कुटुम्बको सहयोग प्राप्त हुनेछ । व्यापार-व्यवसायमा विस्तार गर्न सकिनेछ । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ हुने योग छ । सुखद र फलदायी यात्राको सम्भावना छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– व्यवसायमा केही उतारचढाव आउने र आर्थिक अभावले केही सताउनसक्ने देखिएपनि पारिवारिक समस्याको समाधान मिल्नाले उत्साह वृद्धि होला । कृषि तथा पशुपालनमा फाइदा हुने देखिन्छ । स्वास्थ्यगत समस्याले सताउने योग छ, सावधानी अपनाउनुहोला । विद्यार्थी वर्गका लागि अनुकूल समय छ । मित्रजनको सहयोग प्राप्त हुनाले रोकिएको काम बन्नेछ । शत्रुपक्षमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्