माघ २७ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ माघ २०८२, मंगलवार
6 Min Read
Aa

आज मिति वि. सं. २०८२ माघ २७ गते मंगलबार ई. सं. २०२६ फेब्रुअरी १० नेपाल सम्बत ११४६ सिल्लागा अष्टमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण अष्टमी, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, ध्रुव योग, कौलव करण एवं सुरक्षित इन्टरनेट दिवस । आज बिहान ६ बजेर ४७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ५१ मिनेटमा अस्ताउनेछ ।

 

- Advertisement -
Ad image

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिएला । सहयोगीहरूले पनि राम्रै साथ दिनेछन् । विभिन्न भौतिक साधन जुट्नाले उत्साह जागृत हुने देखिन्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइने र साथीभाइको सहयोगले सुख बढ्ने योग छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहेपनि आजको दिन समुदायको हक-हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । बौद्धिकता र रचनात्मकता बढ्ला । मित्रजनसँग फलदायी भेट हुने योग छ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । पशुधन र जमिनबाट पनि लाभ उठाउन सकिएला । कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– आजको दिन चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने देखिन्छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । धन मान महत्व बढ्नेछ । सभा-समारोहमा मान पुरस्कार प्राप्त हुने योग छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । खेलकूद एवम् मनोरञ्जनात्मक क्रियाकलापमा विशेष आकर्षण रहला । अनुकूलता वृद्धि हुनाले रोकिएको काम पनि सुचारु हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले दिन फुर्सदिलो रहला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । तर, परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ, सचेत रहनुहोला । बौद्धिक र रचनात्मक काम सार्थक बन्नेछ । यात्रापरक काम बन्नाले उत्साह वृद्धि हुने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– मिश्रित फलदायी दिन छ । शुभता वृद्धिका कारण व्यापार-व्यवसायमा विशेष लाभ लिन सकिएला । तर, बेसुरमा वचन दिने बानीले आफैलाई सताउन सक्छ, ध्यान राख्नुहोला । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नु उचित हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– आश मारेको काम बन्नाले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । सामर्थ्य वृद्धि हुनेछ । मित्रहरूको साथ मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– परिवारजनसँग आत्मीयता बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिएर जाला । स्वादिष्ट भोजनको आनन्द मिल्ने योग छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने सम्भावना छ । गल्तीबिनै आरोप लाग्नसक्ने देखिन्छ । सरकारी कडिकडाउको सिकार भइने योग रहेकोले सावधानीको जरुरत छ । आर्थिक कार्यमा बजेट बनाएरमात्र कार्य गर्नु बेस होला । सन्तानसुख बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– कर्मबलका साथै आम्दानी बढ्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । कृषिमा कामको चाप देखिए पनि अप्रत्यासित धन आर्जन हुने योग छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन पनि रमाइलो रहला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । समस्यामा साथीभाइको सहयोग रहनाले कार्यगति बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– कार्यसम्पादन गर्ने क्षमता बढेपनि आजको दिन केही अवसर फुत्कन सक्छ, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण तथा दाम्पत्यसुख बढ्ने समय छ । सफलताका लागि योजना कार्यन्वयनमा गोपनीयता अपनाउनुहोला । बोली र व्यवहारबाट धेरैको मन लोभ्याउन सकिने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– दीर्घकालीन रूपमा फाइदा मिल्ने काममा हात हाल्ने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । तार्किक क्षमता बढ्नेछ भने विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त होला । तर, अरूलाई वचन दिने बानीले भने अप्ठेरोमा पार्न सक्छ, सजग रहनुहोला । आफन्तको साथले शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । सुख विलास बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– मिश्रित फलदायी समय छ । पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद मिलेको अनुभूति होला । तथापि, आजको दिन प्रतिस्पर्धीहरूबाट सजग रहनुपर्ने देखिन्छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा पनि ध्यान दिनु उचित हुनेछ । खर्च बढ्नुका साथै आर्थिक अभावसमेत देखापर्ने सम्भावना रहेकोले फजुल खर्चबाट जोगिने प्रयास गर्नुहोला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ । विपरीतलिंगी मित्रको साथ-सहयोग मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्