आज मिति वि. सं. २०८२ माघ २५ गते आईतबार ई. सं. २०२६ फेब्रुअरी ८ नेपाल सम्बत ११४६ सिल्लागा सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण सप्तमी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, गण्ड योग, विष्टि करण । आज बिहान ६ बजेर ४८ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ५० मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– दौडधुप बढेपनि आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको विशेष काममा भने बाधा ब्यहोर्नु पर्ला । अरुको काम धेरै गर्नुपर्ने तर जश भने नमिल्ने देखिन्छ । परसेवाले आत्मिक सन्तुष्टि भने मिल्नेछ । छरछिमेकमा केही असमझदारी बढ्ने योग रहेकोले सजगताको दरकार छ । प्रतिष्पर्धामा सफलता प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– पुराना साथीसंगीसँगको भेटघाटले मन हर्षित हुने समय छ । परिवारमा खुशीको माहोल छाउला । नयाँ स्थानको यात्राले दिन रमाइलो बनाउने देखिन्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने योग छ । यात्रागत कार्यबाट केही धन पनि आर्जन हुने सम्भावना छ । आय वृद्धिका साथै उन्नति-पदोन्नति होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ । खर्च कटौतीका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । सोचेअनुरुप काम नहुने सम्भावना छ, आत्मविश्वास जागृत गरी दैनन्दिन कार्यमा ध्यान दिनु उचित होला । दैनिक प्रयोगको सामानमा खराबी आइ समस्या निम्तन सक्छ, सावधानी अपनाइ व्यवहार गर्नुहोला । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । खानपानमा ध्यान दिनु हितकर हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाह गर्न सक्षम हुनुहुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय भएपनि सामान्य शारीरिक अस्वस्थताले दैनन्दिन व्यवहारमा असर पार्न सक्छ । अध्ययन तथा अध्यापन कार्यमा सफलता मिल्नेछ । बन्दव्यापारबाट पनि लाभ नै मिल्ने देखिन्छ । परोपकारी कार्यमा ध्यान दिए मान-सम्मान मिल्ने योग छ । रसरागमा आकर्षण रहला । दाम्पत्यसुख बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । धन कमाउने बाटाहरुको थालनी हुने देखिन्छ । सोचेका काममा सहजरूपले सफलता मिल्नेछ भने परिवारमा पनि सुखको माहोल बन्ने योग छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । ऋण, रोग र शत्रुलाई जित्ने क्षमता अभिवृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– अधिकारका लागि केही संघर्ष हुनसक्ने दिन छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अन्ततः जित तपाईंकै हुनेछ । बोलीको भरमा काम सम्पादन हुने देखिन्छ । बोली र व्यक्तित्वको प्रभावले प्रशंसकहरू बढ्नेछन् । स्वास्थ्य सबल रहला । व्यस्तता केही बढेपनि रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ । घरमा पाहुना आगमन हुने देखिन्छ, जसले प्रशन्नता दिलाउला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– सोचेभन्दा विपरीतका परिणाम प्राप्त भइ असन्तुष्टि जागृत गराउनसक्ने समय छ । विगतमा गरेको गल्ती तथा कमजोरीका कारण तनाव सिर्जना हुनसक्छ, तर धैर्य राखी कार्य-व्यवहार गरेमा समस्या पन्छाउन सकिनेछ । खर्च वृद्धिको योग छ । विशेष कार्ययोजनाहरू आजको दिन थाती राख्नु नै उचित होला । सामाजिक मर्यादामा संकट आउन नदिन वादविवादबाट बच्ने कोशिस गर्नुहोला । नजिकका साथीभाइको सहयोग प्राप्त हुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– शुभदायी समय रहेकोले प्रायः सबै कामहरू बन्नेछन् । काममा साथ–सहयोग पनि पाइनेछ । खर्च बढेपनि त्यसले दीर्घकालिक लाभ दिनेछ । आम्दानीकोे नयाँ श्रोत फेला पर्नसक्छ । भोजभत्तेरमा संलग्न हुने एवम् विशिष्ट व्यक्तिहरूसँगको साथले काम बन्ने देखिन्छ । अरुको विश्वास सजिलै हासिल हुनेछ । सृजनात्मक काममा विशेष सफलता पाइने छ । यात्रा सफल रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– दिन केही चुनौतीयुक्त रहला । छरछिमेकसँग सामान्य मनमुटाव बढ्ने देखिन्छ । ठूला व्यक्तिबाट आलोचना हुनुका साथै कार्यक्षेत्रसँग सम्बन्धित ब्यत्तिविशेषसँग वादविवादको सम्भावना रहेकोले सजग रही व्यवहार गर्नुहोला । परिवारजनमा असमझदारी बढ्ने सम्भावना छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । खर्च वृद्धिको योग छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– समाजसेवा तथा राजनीतिमा बर्चस्व बढाउन सकिने समय छ । तथापि, आज कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, सजग रहनुहोला । जागिरको काममा केही अल्छीपन छाउने देखिन्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन नदेलान् । यसका बाबजुद पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– वौद्धिक कार्यबाट थोरै भए पनि लाभ मिल्ने समय छ । आजको दिन काममा मन जानाले सन्तुष्टि मिल्नेछ । आफन्तजनले पनि साथ दिनेछन् । केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । दामपत्यसुख बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुने एवम् रसरागमा आकर्षण बढ्ने देखिन्छ । यात्रागत कार्य सार्थक रहला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– कुनै नयाँ काम र जिम्मेवारी हात पर्नुका साथै सामाजिक उत्तरदायित्व निर्वाहमा खटिनुपर्ने समय छ । कार्यब्यस्तता बढ्ला । पराक्रम वृद्धिका साथै अधुरा काम बन्ने योग छ । पढाइलेखाइमा भने खासै मन नजाला । आजको दिनमा तपाईंले चाहेको विशेष योजना पूरा हुन सक्छ । विपरीतलिंगी मित्रको सथ–सहयोग रहने देखिन्छ । आरोग्यबल बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्