माघ २३ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ माघ २०८२, शुक्रबार
6 Min Read
Aa

आज मिति वि. सं. २०८२ माघ २३ गते शुक्रबार ई. स. २०२५ फेब्रुअरी ६ नेपाल सम्बत ११४६ सिल्लागा पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण पञ्चमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, धृति योग, कौलव करण । आज बिहान ६ बजेर ४९ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ४८ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ सकिनेछ । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् तर शुभचिन्तकहरूबाट सहयोग मिल्नेछ । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । मनको डर उत्साहमा रूपान्तरित होला । धर्मकर्म तथा परोपकारसम्बन्धी कार्यमा आकर्षण बढ्नेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । पारिवारिक असमझदारी बढ्नसक्ने योग रहेकोले विवेकपूर्ण व्यवहारको दरकार छ, ध्यान राख्नुहोला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । परिवारजनको सहयोग लिएर काम गर्ने प्रयत्न गर्नु हितकर हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– चुनौती केही बढेपनि नयाँ काममा हात हाल्ने समय आएको छ । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ, तर मिहेनतीजनका लागि सफलताले कदम चुम्नेछ । विशेष उपहार तथा प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । यात्रागत कार्य सार्थक रहनेछ । विपरीतलिंगी मित्रको साथ–सहयोग मिल्ने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुनुका साथै नचिताएको ठाउँमा धननाश हुने योग रहेकोले सजग भइ आर्थिक कारोबार गर्नु हितकर हुनेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– मान र विद्या प्राप्त हुने समय छ । व्यवसाय विस्तारका लागि यात्राको अवसर जुट्ने देखिन्छ । विशेष उपहार प्राप्त हुनुका साथै राम्रै धनलाभ होला । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउला । समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुनेछ । जग्गा जमिनबाट राम्रै लाभ मिल्ने योग छ । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ, सचेत रहनुहोला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– अनावश्यक दौडधुपमा आजको समय बित्न सक्छ, समयको बर्बादीबाट जोगिन विशेष सोचसमझका साथ कार्य गर्नु उचित होला । रोकिएका काम पुनः प्रयत्न गर्दा सफलता मिल्ने देखिन्छ । आज कतै अतिथिका रूपमा सत्कार पाइएला । खर्च केही वृद्धि हुने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सावधानी अपनाएर व्यवहार गर्नुहोला । यात्रागत कार्य सार्थक रहनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– अप्ठ्यारा कामको बोझ थपिन सक्ने साय छ । केही अवसर जुटे पनि आजको दिन परिस्थिति अलिक संघर्षमय रहला । हठ गर्ने बानीले समस्या निम्त्याउने सम्भावना छ, लचकदार बन्ने कोशिस गर्नुहोला । अरूको सुझावमा भर नपर्नु बेस हुनेछ । लेखन तथा सिर्जनात्मक कार्यमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । मिठो भोजनको अवसर जुर्ला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– आजको दिन भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ । आयआर्जन राम्रै हुने देखिन्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले चाहिँ काममा धोका हुन सक्छ, सचेत रहनुहोला । अप्रिय समाचारले निराश तुल्याउन सक्ने योग छ । सन्तानपक्षबाट खुशी मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– आजको दिन केही चुनौतीयुक्त रहनसक्छ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइने समय छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु उचित हुनेछ । अध्ययन-अध्यापन कार्य भने उत्साहजनक रहला । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– दिगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिएला । प्रतिभाको कदर हुनुका साथै धेरैलाई लाभ हुने कामको अवसर जुर्ला । बौद्धिक प्रतिस्पर्धामा विजयी बन्न सकिनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउने योग छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन भने केही समस्या पर्न सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– मिश्रित फलदायी दिन छ । जोखिम वृद्धि र केही खर्च लागेपनि सोचेको काम बन्ने योग छ । सेवामूलक कामबाट पनि धनलाभ हुने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ला । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । काम बिग्रने डरले ब्यर्थमा सताउन सक्छ, सजग रहनुहोला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्