आज मिति वि. सं. २०८२ माघ ०७ गते बुधबार ई. सं.. २०२६ जनवरी २१ नेपाल सम्बत ११४६ पोहेलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, शिशिर ऋतु, माघ कृष्ण तृतीया, चन्द्रमा कुम्भ राशिमा, घनिष्ठ नक्षत्र, व्यतीपात योग, तैतिल करण । आज बिहान ६ बजेर ५६ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ३५ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– कामहरु सजिलैसँग बन्ने र आर्थिक लाभ मिल्ने खालको समय छ । बुद्धिविवेकले राम्रो काम गर्नेछ भने मित्र एवम् आफन्तहरूबाट साथ-समर्थन पनि पाइएला । अनायासै ठिक निर्णय हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा मिल्ने योग छ । कठोर परिश्रमले अधुरा काम सम्पन्न हुनेछन् । पढाइलेखाइमा मन जानेछ । शत्रुपक्ष परास्त हुनेछ । अनावश्यक रूपले समय र धन खर्च हुनसक्ने सम्भावना रहेकोले विशेष सजगताको दरकार छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– सानो प्रयासले पनि ठुलै काम बन्न सक्ने समय छ । भाग्यबल बढ्नाले रोकिएको काम बन्ने तथा आफन्तको साथले उन्नति हुने देखिन्छ । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै सावधानी अपनाउनुपर्ला । घरायसी समस्याले केही सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहनेछ । मित्रजनका साथ रमाइलो यात्रा हुनसक्छ । लेखन प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्नेछ । खर्च नियन्त्रणको प्रयास गर्नुहोला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– आँटे-गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक लाभ भइ मन हर्षित हुने समय छ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने देखिन्छ । सोचेभन्दा बढी नै लाभ मिल्नसक्ने योग छ । आयबल वृद्धिका लागि मन लगाएर काम गर्नुहोला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन जाला । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य पनि बन्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । स्वास्थ्यले पूरै साथ नदिन सक्छ । नसोचेको ठाउँमा धनको नाश हुने सम्भावना छ । यात्राका क्रममा विशेष सावधानी अपनाउनु उचित हुनेछ । प्रतिकुल परिस्थितिका बाबजुद मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विपरीतलिंगी मित्रको साथ मिल्नेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– प्रतिष्पर्धी परास्त गर्ने क्षमतामा वृद्धि हुने दिन छ । सामर्थ्य वृद्धि हुनुका साथै कठोर मिहिनेतले रोकिएको काम बन्नेछ । व्यावसायिक काममा लाभ उठाउन सकिएला । यात्रागत कार्यबाट धनलाभ हुने देखिन्छ । प्रेममा सुखद मिलन अनुभव हुनेछ । रचनात्मक तथा साहित्यिक कार्यमा मन जाने देखिन्छ । मान-पुरस्कार प्राप्तिको योग छ । आरोग्यबल बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– आजको दिन चल-अचल सम्पत्तिको विशेष कारोबार हुनसक्छ । सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्ने समय छ । नियमित कार्यमा सहजता आउनेछ । मानप्रतिष्ठा वृद्धि हुनुका साथै घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ भने पारिवारिक आवश्यकता पूर्ति हुने देखिन्छ । वैवाहिक जीवन सुखद रहला । आरोग्यबल एवम् पराक्रम बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो छैन, ध्यान राख्नुहोला । जरुरी काममा पनि जाँगर नचल्ने सुस्त प्रकारको समय छ । आलस्यका कारण कामहरु अधूरै रहन सक्छन् । मान-सम्मानमा पनि आघात पर्ने सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । अनावश्यक ब्यस्तता बढ्न सक्छ । खर्च पनि वृद्धि हुने योग छ । योजना र बजेट बनाएर मात्र खर्च आर्थिक कारोबार गर्नु हितकर हुनेछ । आफन्तको साथ प्राप्त हुने र यात्रागत कार्यमा आंशिक लाभ मिल्ने देखिन्छ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– आजको दिन केही चुनौतीयुक्त रहला । अनावश्यक वादविवादमा पर्ने सम्भावना रहेकोले विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा वादविवाद हुन सक्छ, संयमता अपनाउनु उचित हुनेछ । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । तथापि, नजिकका मित्र एवम् सन्तानपक्षबाट सुख मिल्नेछ । प्रेमभाव बढ्नेछ । आरोग्यता रहला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– आजको दिन मन त्यसै-त्यसै फुरुङ्ग रहला । नसोचेको ठाउँबाट धन आउने सम्भावना छ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रका काममा बढी मन जाने देखिन्छ । काममा मित्रजनले सहयोग जुटाउनेछन् । साझेदारी र सट्टापट्टामा पनि विशेष लाभ मिल्ने योग छ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण रहनेछ । हातहतियार तथा सवारीसाधनको प्रयोग गर्दा विशेष सजगता अपनाउनुहोला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– महत्वपूर्ण योजनामा ढिलासुस्ती र आर्थिक हानी हुनसक्ने योग रहेकोले आजको दिन काममा विशेष सावधानी अपनाउनु उचित हुनेछ । नियमित काममा बिघ्नबाधा आइपर्न सक्छन् । भौतिक साधनको पनि क्षति हुने योग छ । तथापि, धर्मकर्मले समस्या समाधानमा भूमिका खेल्ने देखिन्छ । कुनै कामका लागि यात्रा गर्दै हुनुहुन्छ भने आजका लागि थाती राख्नु उचित हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– आयआर्जनको दृष्टिले दिन राम्रो देखिन्छ । कुनै नयाँ काम शुरु गर्दै हुनुहुन्छ भने परिवारजनको राम्रो सल्लाह तथ साथ मिल्नेछ । व्यापार-व्यवसायबाट राम्रै धनलाभ हुने तथा नउठ्ने पैसा पनि उठ्ने योग छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । साझेदारीको काम बन्नेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नाले शत्रुपक्ष परास्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– व्यस्तता र जोखिम केही बढेपनि तपाईंले अरुसँग गरेको बाचा पूरा हुने दिन रहेको छ । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्नसक्छ । इमानका साथ मिहेनत गरेपनि सोचेअनुसार फाइदा नहुने देखिन्छ । टाढिएका आफन्तको यादले पिरोल्न सक्छ । बाँकी विषयमा सुखले साथ दिनेछ । वौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्या समाधानको दिशामा जानेछ । यात्रापरक काम बन्नाले उत्साह वृद्धि होला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्