पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ माघ २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा तीन रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको हो ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५५ रुपैयाँ र तेस्रो वर्गका लागि १५६ रुपैयाँ तोकिएको छ ।

- Advertisement -
Ad imageAd image

त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १३३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १३५ रुपैयाँ र तेस्रो वर्गका लागि १३६ रुपैयाँ तोकिएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

612862061_4470442436523222_7826078473995519585_n-1768497876.jpg

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्