आज मिति वि. सं. २०८२ पुष २९ गते मंगलबार ई. सं. २०२६ जनवरी १३ नेपाल सम्बत ११४६ पोहेलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण दशमी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, शूल योग, विष्टि करण एवं राष्ट्रिय भक्का दिवस । आज बिहान ६ बजेर ५७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर २९ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): व्यस्तता वृद्धि हुनुका साथै परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताउला । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । चोरी वा ठगीमा परिने योग भएकोले आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु उचित होला । खर्च केही वृद्धि हुनसक्छ, योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मिश्रित फलदायी समय छ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले दिन फुर्सदिलो रहेको अनुभूति होला । स्वास्थ्य केही प्रतिकूल रहनुका साथै परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ, ध्यान राख्नुहोला । प्रतिष्पर्धीहरू भारी पर्न सक्छन् । तथापि, परिवारिक साथले उत्साह बढाउने योग छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन उतारचढावयुक्त रहला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । तथापि, समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने योग छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । आमाको माध्यमबाट काम बन्नसक्छ । खर्चमा केही वृद्धि हुने देखिन्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विभिन्न भौतिक साधन जुट्नुका साथै रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने अर्थात् परिश्रमको उचित परिणाम प्राप्त हुने योग छ । विशेष योजनामा साथीभाइको सहयोग प्राप्त हुनेछ । आजको दिन कतै आतिथ्यपूर्ण सम्मान पाइएला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कार्यगति बढ्ने र गरिएका कर्मको उचित प्रतिफल पाइने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहला । आम्दानी बढ्ने तथा धनार्जनको योग छ । आफन्त एवम् मित्रजनको साथले जस्तोसुकै समस्याकको समाधान मिल्ने देखिन्छ । यात्रागत कार्य शुभ र सार्थक रहला । विपरीतलिंगी मित्रको सहयोगले महत्वपूर्ण काम बन्न सक्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नियमित कार्यमा सहजता आउनाले दिन उत्साहपूर्ण रहला । उद्योग र व्यापारमा हुनेले विशेष फाइदा आर्जन गर्ने देखिन्छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । सुखद समाचार सुन्न पाइने योग छ । स्वास्थ्य सबल रहला । रसरागमा आकर्षण बढ्नेछ । सुखद र मनोरञ्जनपूर्ण यात्रा हुने देखिन्छ । पारिवारिक सुख मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढेपनि व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । यशवर्चश्व बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुने देखिन्छ । बेसुरमा वचन दिने बानीले भने कष्ट दिनसक्छ, ध्यान राख्नुहोला । नजिकका साथीभाइ टाढिन सक्छन्, महत्वाकांक्षी योजना गोप्य राख्नु उचित हुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आश मारेको काम फेरि बन्ने सङ्केतले उत्साह जगाउने र ठीक समयमा सही निर्णय लिन सकिने समय छ । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्ने देखिन्छ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । दाम्पत्यसुख बढ्नेछ । सामर्थ्य वृद्धि हुनेछ । शत्रुपक्ष कमजोर रहला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । बोली र व्यवहारको प्रभावले धेरैको मन लोभ्याउन सकिने समय छ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । तथापि, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । गोपनीयतामा विशेष ध्यान दिनु उचित हुनेछ । आरोग्यता रहनेछ । रसरागात्मक काममा आकर्षण रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने समय छ । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्तिका साथै आर्थिक पक्ष सुदृढ रहला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने आफन्तजनको साथ मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । तथापि, गल्तीबिनै आरोप लाग्न सक्ने योग छ, सजग रहनुहोला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने देखिन्छ । साथ दिनेहरू बढ्नुका साथै प्रतिष्ठा, मान–सम्मान आदि पाइने योग छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । यात्रागत कार्य सार्थक रहनेछ । मित्रजनका साथ मिठो भोजन प्राप्त होला । यात्रापरक काम बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । परिवारजनको सहयोग लिँदा अझ राम्रो हुनेछ । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुन सक्छ । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले भने तनाव सिर्जना गराउन सक्छ, ध्यान राख्नुहोला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्