आज मिति वि. सं. २०८२ पुष २३ गते बुधबार ई. सं. २०२६ जनवरी ७ नेपाल सम्बत ११४६ पोहेलाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण चतुर्थी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, आयुष्मन योग, बालव करण एवं अरनिको स्मृति दिवस । आज बिहान ६ बजेर ५६ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर २४ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): केही चुनौती वृद्धि हुने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन मुस्किल पर्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने सम्भावना रहेकोले विशेष सावधानी अपनाउनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा लाभ मिल्नेछ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । खर्चवृद्धिको सम्भावना छ, फजुल खर्च रोक्न विशेष प्रयत्न गर्नु हितकर हुनेछ । यात्रागत कामा सफलता प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सोचेको काम सफलतापूर्वक सम्पन्न हुने दिन छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । तथापि, अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । नजिकका साथीभाइ टाढिनाले परिस्थिति प्रतिकूल रहन सक्छ, ध्यान राख्नुहोला । ब्यस्तताका साथै जोखिम बढ्नेछ । आफन्तजनको साथ र उच्च आत्मविश्वासले समस्याको समाधान दिलाउने देखिन्छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): नियमित कार्यमा ब्यवधान आइपर्न सक्ने समय भएपनि नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । बाध्यतामा अल्मलिनुपर्दा चिताएको महत्वपूर्ण काम रोकिने सम्भावना छ । काम बिग्रने डरले सताइरहला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर पारिवारिक समस्याको समाधान मिल्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): बोली र व्यक्तित्वको प्रभाव बढ्ने समय छ । मिहेनतले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सकिनेछ । आमाको माध्यमबाट काम बन्न सक्छ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नुका साथै विपरीतलिंगीको साथ-सहयोग मिल्नेछ । मित्रजनका साथ रमाइलो यात्रा हुनसक्छ । यात्रागत कार्यबाट लाभ मिल्ने योग छ । समग्रमा दिन रमाइलैसँग बित्ने देखिन्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । कर्मयोग र आम्दानीले पछ्याउनेछन् । अनुकूलता वृद्धि भएपनि हिम्मत गर्न नसक्दा योजना कार्यान्वयनमा केही पछि परिएला । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । यात्रा शुभ रहला । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । सबल स्वास्थ्यको लागि मसलाजन्य खानाबाट सावधान रहनुहोला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): पारिवारिक सुख शान्ति बढ्नुको साथै नियमित कार्यमा सफलतमा मिल्ने समय छ । चुनौतीहरू स्वतः हट्नेछन् भने रोकिएको कार्य धर्मकर्मलेले अघि बढ्नेछ । पारिवारिक भेटघाट हुनसक्छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्नुका साथै ठूलै फाइदाको आश्वासन पनि पाइएला । विशेष योजनाहरू बन्नेछन् । सन्तानपक्षबाट सुख मिल्नेछ । आमोदप्रमोदमा रम्ने योग छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सहयोगीहरूले राम्रो साथ दिने र काममा सोचेजस्तै सफलता मिल्ने समय छ । पारिवारिक जमघटमा मन रमाउला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । तर, भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । बुद्धि-विवेकको सही प्रयोगले प्रतिस्पर्धी परास्त हुनेछन् । साथीभाइको साथ मिल्नेछ । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउला । तर, अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने योग रहेकोले ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र फाइदा हुनसक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । लामो दूरीको यात्रा वा वैदेशिक भ्रमणका लागि प्रयत्न गर्ने समय छ । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन मेहनतीजनका लागि राम्रै फाइदा हुने देखिन्छ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । आरोग्यबलल बढ्नेछ । रसरागात्मक कार्यमा आकर्षण रहला । नियमित कार्यमा भने आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, ध्यान राख्नुहोला । सहयोगीहरूबाट उत्साहजनक साथ नपाइने देखिन्छ, सचेत रहनुहोला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी समय छ । लाभदायी कार्य प्रारम्भ हुने देखिन्छ । साझेदारीको काममा विशेष फाइदा हुने योग छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ, तर स्वास्थ्यगत समस्याले केही सताउन सक्छ । नियमित कार्यबाट मिहेनतको तुलनामा न्यून उपलब्धिका कारण मनमा असन्तोषको भाव जागृत होला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । बोलीको प्रभावका साथै कार्यसम्पादनको क्षमता बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । अध्ययन–अध्यापनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । अनावश्यक विवादमा पर्नुबाट जोगिने प्रयत्न गर्नुहोला । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): होसियारीसाथ काम लिनुपर्ने समय छ । व्यक्तिगत फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । विवेकका साथ प्रयत्न गर्दा सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । रसराग गीत-संगीतमा आकर्षण बढ्नेछ । आरोग्यबल वृद्धि होला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष लाभ मिल्ने देखिन्छ । मेहनतले कीर्ति दिलाउने योग छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्