पुष २० गते आईतबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० पुष २०८२, आईतवार
7 Min Read
Aa

आज मिति वि. सं. २०८२ पुष २० गते आईतबार ई. सं. २०२६ जनवरी ४ नेपाल सम्बत ११४६ पोहेलाथ्व पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण प्रतिपदा, चन्द्रमा मिथुन राशिमा, पुनर्वशु नक्षत्र, वैधृति योग, कौलव करण । आज बिहान ६ बजेर ५६ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर २२ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कर्मबल बढ्ने तर न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । दौडधुप र जोखिम केही बढेपनि प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुने र प्रतिष्पर्धीहरूलाई पछि पार्न सकिएला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): प्रतिभाले विशेष लाभ दिलाउने समय छ । नयाँ कामको प्रस्ताव आउने देखिन्छ, सहयोगीहरू पनि प्रशस्तै भेटिनेछन् । धन आर्जनको योग छ । अध्ययन-अध्यापन कार्यमा सकारात्मक प्रगति होला । बिछोडिएका परिवारजनसँग भेटघाट होला । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख तथा आनन्द बढ्नेछ । आफन्तको साथले उत्साह बढ्नेछ । रसरागको भाव जागृत हुनेछ भने विपरीतलिंगी मित्रको साथ मिल्ने योग छ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मित्र एवम् परिवारजनसँग आत्मीयता बढ्नेछ भने मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । रमाइलो यात्रा गर्ने मौका जुर्ला । पराक्रमवृद्धि भइ प्रतिष्पर्धी पछि पर्नेछन् । धन मान महत्व बढ्नेछ । रमाइलो जमघटबीच मिठो भोजन प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । वैदेशिक यात्रासम्बन्धी कामकाज अघि बढ्नसक्ने समय छ । आयआर्जन पनि राम्रै हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । नियमित खर्चमा केही वृद्धि भएपनि सोचेको काम बन्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रेमभाव वृद्धि तथा सन्तान पक्षबाट सुख मिल्नेछ । कर्मबल बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक कार्यमा विशेष सफलता मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन अनावश्यक दौडधुपमा समय बित्ने सम्भावना रहेपनि दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । फाइदाका लागि आफ्ना विशेष योजना गोप्य राख्न आवश्यक छ । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । दाम्पत्य सम्बन्धमा केही चिसेपन आउन सक्छ, आपसी ब्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ । खर्च केही वृद्धि हुनसक्छ । आरोग्यबल बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम गर्न सकिनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने अवसर जुर्ने देखिन्छ । साझेदारीमा पनि फाइदा होला । आयआर्जनका स्रोत बढ्ने योग छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ भने साथीभाइको सहयोगले पराक्रम बढ्ला । दाम्पत्य सम्बन्धमा न्यानोपन वृद्धिका साथै प्रेम र मित्रताको गाँठो कसिने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): क्षमताअनुसारको काम देखाएर विशेष उपलब्धि हात पार्न सकिने समय छ । सामाजिक काममा रुचि बढ्नेछ भने गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतै अतिथिका रूपमा सत्कार समेत पाइने योग छ । व्यवसायमूलक काममा राम्रै फाइदा होला । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । मिठो भोजन प्राप्त होला । यशवर्चश्व बढ्नेछ । लगनशीलतालाई पछ्याउनसके कीर्तिमानी काम हुनसक्ने देखिन्छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पहिलेका सकारात्मक कर्मको प्रतिफल पाइने समय छ । कामको चापबाट फुर्सद मिलेको अनुभूति होला । व्यावसाय विस्तारका लागि यात्राको अवसर जुट्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ । प्रेमभावका साथै दाम्पत्य सुख बढ्नेछ । आजको दिन प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । पराक्रम झल्कने क्रियाकलापमा मन आकर्षित रहला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अधिकारका लागि केही संघर्ष हुन सक्छ, तर बोली र ब्यक्तित्वको प्रभावले काम बन्ने समय छ । इर्ष्यालुजनको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरेपनि अवसर छोप्न सकिनेछ । खर्च केही बढ्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । नियमकानूनले तपाईंको साथ दिनेछ भने इष्टमित्र सहयोगी बनेर देखापर्नेछन् । बयात्रापरक काममा सफलता मिल्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): केही प्रतिस्पर्धा गर्नुपरे पनि कीर्तिमानी काम सम्पादन हुने दिन छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिएला । नयाँ काममा हात हाल्ने समय आएको छ । प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । उत्साहजनक समाचारले मन प्रशन्न तुल्याउला । विभिन्न भौतिक साधन जुट्नेछन् भने सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मिश्रित फलदायी समय छ । कर्मबल बढ्नेछ भने विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । पहिलेको सफलताले हौसला जगाउनेछ । मित्रजनको साथमा रमणीय यात्रा एवम् मिठो भोजन प्राप्त हुने योग छ । विशेष योजनामा हात हाल्दै हुनुहुन्छ भने हतार नगर्नु उचित हुनेछ । सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती आइपर्ने सम्भावना छ । आर्जित धन खर्च हुन सक्छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन त्यसै-त्यसै काम बिग्रने डरले सताउने छ भने पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइने हुँदा सजगता अपनाइ व्यवहार गर्नु उचित होला । दाम्पत्यमा शंका र असमझदारी बढ्ने योग छ, आपसी व्यवहारमा प्रेम र सद्भावना बढाउने प्रयत्न गर्नु हितकर हुनेछ । केही प्रतिकुलताका बाबजुद धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तजनको साथले मन रमाउला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्