पुष १८ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ पुष २०८२, शुक्रबार
7 Min Read
Aa

आज मिति वि. सं. २०८२ पुष १८ गते शुक्रबार ई. सं. २०२६ जनवरी २ नेपाल सम्बत ११४६ पोहेलाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पौष कृष्ण पुर्णिमा, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, शुक्ल योग, गर करण । आज बिहान ६ बजेर ५५ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर २१ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सुखद समाचारले दिन उत्साहपूर्ण तुल्याउला । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । दिगो फाइदाका लागि लगानी बढाउने योजना छ भने अघि बढ्नु उचित होला । कार्यसम्पादन गर्ने क्षमताका साथ आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । यात्रागत कार्य सार्थक बन्नेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पराक्रम वृद्धि भई रोकिएका कामले पूर्णता पाउने समय छ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । परिवारिक सुख वृद्धिले उत्साह बढाउला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । इष्र्या गर्नेहरूको मनोबल कमजोर रहनेछ । तर अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने सम्भावना छ, ध्यान राख्नुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण रहनेछ । विपरीतलिंगी मित्रको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन सानातिना काम तथा घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । तथापि, पीडक पक्षबाट छुटकारा मिल्ने समय छ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान दिनु उचित होला । छरछिमेकमा असमझदारी बढ्ने सम्भावना रहेकोले होसियारीसाथ काम लिनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने देखिन्छ । तर, कामका लागि गरिएको भ्रमणमा समयमात्र बित्ने सम्भावना छ । चुनौतीका बाबजुद सामाजिक कार्य तथा धर्मकर्ममा आकर्षण बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नियमित कार्यमा केही जोखिम बढेपनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । इष्र्यालु मन भएकाहरूले काम बिगार्न सक्छन् । तथापि बुद्धिको उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ला । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बोली र ब्यक्तित्वको प्रभावले लाभ उठाउन सकिने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ भने भौतिक साधन जुट्नाले प्रशन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुने देखिन्छ । पहिलेको सफलताले उत्साह जगाउला । आरोग्यबल वृद्धि हुनुका साथै प्रेमभाव बढ्नेछ । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कार्यगतिका साथ मान-महत्व बढ्ने समय छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ । साथीभाइको साथ-सहयोगले पराक्रम बढ्ला । समस्यामा आफन्तजनको साथ प्राप्त हुनेछ । आयआर्जन राम्रै हुने देखिन्छ । रमाइलो यात्राको अवसर जुट्नेछ । तर, दाम्पत्यमा शंका र असमझदारी बढ्नसक्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सहयोगीहरूले विपक्षीलाई साथ दिनाले केही चुनौती बढ्नसक्ने दिन छ । प्रतिष्ठित कर्मको अवसर जुरेपनि विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । सहयोगीहरूको भर नपरी आफ्नै प्रयत्नले कार्य सिद्ध गर्नु खोज्नु हितकर हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष वृद्धि होला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहला । कामको तारिफ हुनाले उत्साह बढ्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यस्तता बढ्नेछ भने मेहनत एवं मित्रजनको साथ-सहयोगले लाभ उठाउन सकिनेछ । व्यवसायिक काम बन्नेछन् । तर, परिस्थितिअनुसार चल्न नसक्दा कष्टको अनुभूति हुनसक्छ । नियमित काममा चुनौती देखिएलान् । पराक्रममा भने कमी आउनेछैन । सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु उचित होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने बौद्धिक र रचनात्मक कार्य बन्ने दिन छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिएला । साथ दिनेहरू बढ्नेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आयआर्जनका स्रोत वृद्धिको योग छ । व्यापार-व्यवसायमा पनि राम्रै फाइदा हुने देखिन्छ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । व्यस्तता बढेपनि फलदायी कार्यले सन्तुष्टि दिलाउनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नुका साथै लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग छ । विभिन्न सहयोग र उपहार पाइएला । अरूलाई जथाभावी वचन दिनाले सास्ती दिनसक्छ, बोलीमा लगाम लगाउनुहोला । शत्रुपक्ष परास्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनसक्ने समय छ । हिम्मतले काम बनाउन सकिएला । मनमा डरको भाव रहेपनि तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । आर्जित धन खर्च हुन सक्छ तर आफ्नै प्रयासले लाभ मिल्नाले क्रयशक्ति वृद्धि होला । आरोग्यबल वृद्धिका साथै प्रतिस्पर्धीलाई हराउन सकिनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिश्रित फलदायी समय छ । आजको दिन प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । अधिकारका लागि केही संघर्ष हुन सक्छ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने योग छ । चुनौतीहरू चिर्न विपरीतलिंगीको साथ–सहयोग रहला । आरोग्यबल बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्