नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ पुष २०८२, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको छ भने डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले घटाएको छ । त्यस्तै हवाई इन्धनमा आन्तरिक तर्फ प्रति लिटर ६ ले घटाएको निगमले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय इन्धनमा प्रति किलो लिटर ४२ डलरले घटाएको छ ।

 

- Advertisement -
Ad image

मुल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोलको मुल्य प्रतिलिटर १५९ पुगेको छ भने डिजेल-मट्टीतेल प्रति लिटर १३७ भएको निगमले जनाएको छ ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्