पुष १५ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ पुष २०८२, मंगलवार
6 Min Read
Aa

आज मिति वि. सं. २०८२ पुष १५ गते मंगलबार ई. सं. २०२५ डिसेम्बर ३० नेपाल सम्बत ११४६ पोहेलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण एकादशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, सिद्ध योग, गर करण एवं तमु ल्होसार र कवि शिरोमणि लेखनाथ जयन्ती । आज बिहान ६ बजेर ५४ मिनेटमा झुल्किएको घाम साँझ ५ बजेर १९ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्ने समय छ । इष्टमित्रको साथ-सहयोग रहला । आमोदप्रमोदको भाव जागृत हुनेछ । अचानक धन आर्जनको योग छ । लामो यात्राको प्रक्रिया अघि बढ्ने देखिन्छ । घर-परिवारबाट सुखशान्ति मिल्नेछ । मिठो भोजन प्राप्त होला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): धर्मकर्ममा आकर्षण बढ्ने र परिवारिक सुख बढ्ने समय रहेपनि आजको दिन आर्थिक दृष्टिले खासै उपलब्धिमूलक नरहला । नसोचेको ठाउँमा खर्च हुन सक्छ र ब्यर्थको खर्चले मन पिरोल्ने योग छ । बौद्धिक काममा भने विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याबाट मूक्ति मिल्नेछ । यात्रापरक काममा आंशिक सफलता प्राप्त होला । स्वास्थ्य सबल रहनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): रचनात्मकता बढ्नाले कुनैपनि समस्याको समाधान प्राप्त हुने दिन छ । नियमित कार्यप्रति जोश-जाँगर बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । आफन्तमिलनले सुख दिनेछ । प्रियजनसँगको भेटले मन प्रफुल्ल तुल्याउने योग छ । कुनैपनि काममा अरुको भर नपर्नु हितकर होला । मनोरञ्जनात्मक क्रियाकलापप्रति रुचि बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल वृद्धि तथा मनोकूलता बढ्ने समय छ । आर्थिक उपार्जनसँग सम्बन्धित कार्यमा अनुकुलता आउने, धन आर्जन हुने तथा बचत पनि बढ्ने प्रवल सम्भावना छ । नयाँ कामका योजनाहरु बन्नेछन् । साझेदारीको काममा उत्साहजनक तीव्रता आउने देखिन्छ । परिवारिक सुख वृद्धि हुनेछ । विपरीतलिंगी मित्रको सहयोगबाट महत्वपूर्ण कार्य बन्ने योग छ । रसरागमा आकर्षण वृद्धि होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): वौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्ने समय छ । पारिवारिक सुखशान्ति बढ्नुको साथै रोकिएका कामले पूर्णता पाउने योग छ, प्रयत्न गर्नुहोला । मनोरञ्जनात्मक तरिकाबाट कामहरू बन्नेछन् । शुभचिन्तक तथा मित्रजनको सल्लाहबाट नयाँ कामका योजना पनि बन्ने देखिन्छ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । आरोग्यबलका साथै प्रेमभाव बढ्नेछ । मित्रजनको साथ रमाइलो यात्राको सम्भावना छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सोचेभन्दा फरक किसिमको परिस्थिति निर्माण भइ दिन चुनौतीयुक्त रहन सक्छ । अनावश्यक वादविवादको सामना गर्नुपर्ला । आजको दिन आगो र मेसिनरी सामग्रीबाट जोगिन विशेष सजगता अपनाउनुपर्ने देखिन्छ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन, सावधान रहनुहोला । यात्रागत कार्यमा आंशिक सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): साहसिक काममा आकर्षण बढ्ने र नियमित कार्यमा पनि उत्साहजनक सफलता मिल्ने समय छ । जागिरको काममा भने किन-किन भयको भाव पैदा होला, तथापि कुनै क्षति पुग्ने परिस्थिति देखिन्न । सामाजिक कार्यबाट मान–सम्मान मिल्ने योग छ । स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो दिन छ । आर्थिक लाभका कार्यमा ब्यस्तता बढ्नेछ । पारिवारिक सुखले पछ्याउने योग छ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शुभदायी एवम् सुखदायी समय छ । कार्यबोझबाट फुर्सद मिलेको अनुभूति भइ मन प्रसन्न रहला । आफन्तको साथ–सहयोग प्राप्त भइ पराक्रम वृद्धि हुनेछ । रोकिएको काम मिहिनेतले बन्नेछ । सामर्थ्य वृद्धि हुनाले आर्थिक उपार्जनका माध्यम खुल्नेछन् । आरोग्यबल बढ्नेछ । बौद्धिकताको प्रशंसा हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): वौद्धिक तथा रचनात्मक कार्यमा विशेष मन जाने समय छ । गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा पनि आकर्षण रहला । अप्रत्याशित लाभ हुने योग छ । नियमित काममा प्रशस्तै मन जानेछ । व्यवसायमा लगानी बढाउन सकिएला । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । खेलकुदजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी समय छ । नियमित कार्यमा जाँगर नलग्ने र अनावश्यक झमेलामा पर्ने सम्भावना छ । आज केही हानी हुनसक्छ, सावधान रहनुहोला । पीडा दिनेहरूको सक्रियता बढ्न सक्छ, व्यक्तिको ब्यवहार नियालेर अघि बढ्नसके सफलताले कदम चुम्नेछ । स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । नियमकानूनले साथ दिनाले शत्रुपक्षलाई जित्ने सामर्थ्य बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): शुभदायी समय छ । धन आर्जनको दृष्टिले राम्रो दिन छ । विपरीतलिंगी मित्रको साथ–समर्थनबाट फलिफापका काम अघि बढ्ने योग छ । मित्रजनको साथ रमाइलो यात्रा र मिठो भोजन प्राप्त हुने देखिन्छ । सामर्थ्य वृद्धिले जस्तोसुकै काममा सफलता मिल्नेछ । बौद्धिक तथा रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित हुने दिन छ । राम्रो कमाइका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नतिका साथै कर्मबल बढ्नेछ । आफन्तजनबाट साथ–सहयोग मिल्ला । साझेदारीको काम बन्नेछ । सुख विलास बढ्नेछ । कुनै महत्वपूर्ण कार्यका लागि यात्र गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु हितकर हुनेछ । रसरागको भाव वृद्धि हुने देखिन्छ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्