आज मिति वि. सं. २०८२ पुष ०६ गते आईतबार ई. सं. २०२५ डिसेम्बर २१ नेपाल सम्बत ११४६ पोहेलाथ्व पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण द्वितीया, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, वृद्धि योग, बव करण एवं विश्व ध्यान दिवस । आज बिहान ६ बजेर ५० मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर १४ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन राम्रो छ, नियमित काममा जोश-जाँगर बढ्ने देखिन्छ । नयाँ काम आरम्भ गर्दै हुनुहुन्छ भने उचित समय छ । अप्ठ्यारा कार्य पनि सजिलै बन्नेछन् । रसरागको भाव जार्गत होला । विपरितलिङ्गी मित्रको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । मनोरञ्जनात्मक यात्रा हुनुका साथै मिष्ठान्न भोजनको अवसर जुर्ला । परिवारिक समस्याहरू टरेर जानाले उमङ्ग बढ्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन खासै उत्साहजनक नरहने देखिन्छ । कसैसँग वादविवाद हुन सक्ने सम्भावना छ । मनमा अनावस्यक डरको भाव पैदा होला । पेशागत रुपमा समस्या देखिन सक्छ । घरपरिवारमा पनि मनमुटाव हुनसक्छ, समस्य बढ्न नदिन संयमपूर्ण व्यवहार गर्नुहोला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने मिल्न कठिन छ । ब्यर्थै समयको नाश होला । निकटका मित्रजनको साथले राहत मिलेको अनुभूति हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यापार तथा जागीरमा दिन ठिकै रहेपनि सामाजिक काममा नाम रहने समय छ । नया कामको सुरुवात भने खासै राम्रो नहोला । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुविधा रहन सक्छ । व्यस्तता वृद्धि हुनेछ । प्रतिकुलताका बाबजुद आँट-पराक्रम बढ्ने देखिन्छ । बौद्धिकताले समस्याको समाधान गराउला । यात्रा सार्थक रहनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पारिवारिक सुखशान्ति बढ्नुको साथै विशेष कार्ययोजना सार्थक दिशामा अघि बढ्ने दिन छ । चल–अचल सम्पत्तिको कारोबार हुनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वैवाहिक जीवन सुखी हुने समय छ । सुखद यात्राको पनि योग रहेको छ । आरोग्यबल वृद्धिका साथै पराक्रम बढ्नेछ । कुनैपनि समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम आजको दिन पुनः सुरु हुन सक्छन्, परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । कार्यसफलताले मन शान्त हुनेछ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ भने रसरागको भाव जागृत हुने देखिन्छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): मिश्रित फलदायी समय छ । सबल स्वास्थ्यका लागि आजको दिन खानपानमा विशेष सजग रहनु उचित होला । परिवारमा सानोतिनो झमेल आइपर्ने देखिन्छ । खर्च वृद्धिले विवाद निम्त्याउन सक्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ, तर इर्ष्यालुजनले सताउने योग छ, सजक रहनुहोला । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुनसक्छ । सवारीसाधन र हातहतियारको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनुहोला । प्रतिकुलताका बाबजुद कार्यगति बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुने समय छ । पढाइलेखाइमा प्रगति होला । प्रतिभा प्रदर्शन गरेर प्रशंसा बटुल्ने योग छ । विरोधिजनले पनि प्रशंसा गर्नेछन् । आज ठुला ब्यक्तिसँग फलदायी भेटघाट हुन सक्छ । नियमित कर्ममा उन्नति हुनेछ । यशवर्चश्व बढ्नेछ । स्वास्थ्य सबल रहला । समग्रमा दिन खुशीसाथ बित्नेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अधुरा कामहरू सम्पन्न हुनसक्ने दिन रहेको छ । आयआर्जनको दृष्टिले राम्रो समय छ । धनलाभको योग छ । केही नयाँ काम गर्नको लागि परिवारजनको सकारात्मक सल्लाह आउने देखिन्छ । नयाँ साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि सम्भावना छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्ला । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्ला । साझेदारीको काम पनि बन्नेछ । सुख–सुविधाको वस्तु बढ्नेछन् । रमणीय र सुखद यात्राको योग छ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । जमिनसम्बन्धी कारोबार भने आजको दिन नगर्नु उचित हुनेछ । आर्थिक लेनदेनको काम पनि सकभर नगरेकै बेश हुनेछ । समग्रमा हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): चुनौतीयुक्त समय छ । विलासी बस्तुमा अनावश्यक धन खर्च हुनसक्छ, योजना र बजेट बनाइ आर्थिक-ब्यवहार गर्नु हितकर होला । स्वास्थ्य केही कमजोर रहन सक्छ, खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ । नियमित कार्यमा अरूको भर पर्दा धोका हुन सक्छ । टाढाको यात्रा गर्दै हुनुहुन्छ भने आज थाती राख्नु हितकर हुनेछ । प्रेमसम्बन्धमा चिसोपन आउने योग छ । बोली र व्यवहारमा नियन्त्रण राख्नुहोला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मिश्रित फलदायी समय छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । तथपि, बन्न लागेको महत्वपूर्ण काम बिग्रन गइ मनमा चिन्ता बढ्ने योग छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, ध्यान राख्नुहोला । मनमा दुविधाग्रस्त हुन सक्छ, कुनैपनि निर्णय लिँदा विवेक पुऱ्याउन सके उन्नतिको गर्ने अवसर प्राप्त हुने प्रवल सम्भावना छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): खर्च भन्दा कमाई नै बढी हुने समय छ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम गर्नुपर्ला । मित्र एवम् परिवारजनका इच्छा पूरा गर्न सकिने देखिन्छ । साझेदारीको काम बन्नेछ । प्रेमजीवनले सुखद मोड लिने योग छ । पठनपाठनमा पनि प्रगति हुनेछ, । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्