पुष ०५ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ पुष २०८२, शनिबार
6 Min Read
Aa

आज मिति वि. सं. २०८२ पुष ०५ गते शनिबार ई. सं. २०२५ डिसेम्बर २० नेपाल सम्बत ११४६ थिंलागा प्रतिपदा, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण प्रतिपदा, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, गण्ड योग, नाग करण एवं तोल ल्होसार पर्व । आज बिहान ६ बजेर ५० मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर १३ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): चनाखो रही नियमित कार्यमा जुट्नुपर्ने समय छ । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुने देखिन्छ । आजको दिन यात्रागत कार्य थाती राख्नु हितकर हुनेछ । अपरिहार्य यात्रामा विशेष सावधानी अपनाउनुहोला । अनावश्यक विवादमा फस्न सकिने योग रहेकोले बोली र व्यवहारमा सजग रहनु उचित हुोछ । पेशागत रुपमा समस्या देखिन सक्छ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सामाजिक कामबाट प्रशंसा मिल्ने र मन हर्षित हुने दिन छ । नियमित कार्यमा केही जटिलता आइपरे पनि जागीरमा सम्मान वा कदर पाइनेछ । व्यापारमा गरेकोको लगानी सन्तोषप्रद रहनेछ । मित्रजनको साथ मिल्नेछ । आफन्तजन वा कुटुम्बका काममा सघाउनुपर्ने योग छ । आजको दिन आर्थिक लेनदेन भने नगर्नु उचित हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): शुभदायी समय छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्नेछन् । मनमा हौसला वृद्धि होला । त्यसै-त्यसै मन हर्षित भएर आउनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा नै गर्ने देखिन्छ । पढाइलेखाइमा वृद्धि, ब्यापार-व्यवसा पनि नाफादायी रहला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । कतैबाट खुसीको खबर प्राप्त हुने योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने दिन छ, धैर्यले काम लिने प्रयास गर्नुहोला । नियमित कार्य एवम् व्यवसायबाट सामान्यतया लाभ नै हुने देखिन्छ । कृषिजन्य पेसामा भने आजको मिहेनत खेर नै जाने योग छ । अल्झेका काममा मित्रजनको साथ-सहयोग रहनेछ । अप्रत्याशित लाभको योग पनि छ । यात्रागत कार्य फलदायी हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): चुनौती बढ्नाले केही अवरोधको सामना गर्नुपर्ने समय छ । खर्च बढ्ने, गलत विचार पैदा हुने, अनावश्यक विवादको अवस्था सिर्जना हुनसक्ने र महत्वपूर्ण काममा अवरोध आउनाले धनको नाश हुनसक्ने योग रहेकोले अत्यन्त सजगता र धैर्यपूर्वक व्यवहार गर्नुहोला । विशेष योजना थाती राख्नु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान राख्नुहोला । पीडा दिनेहरु सक्रिय रहलान, होसियारीको दरकार छ । ब्यर्थको खर्च घटाउन विशेष प्रयास गर्नु उचित होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नियमित कार्यमा जाँगर चल्ने, रोकिएका काम बन्ने र आर्थिक पक्ष पनि सबल रहने दिन छ । अधुरा कामहरु बन्नेछन् भने अरुको विश्वास सजिलै जित्न सकिएला । मित्र एवम् आफन्तजनको उचित सहयोग मिल्नेछ । पढाइलेखइमा सफलताको योग छ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । नयां कामको थालनी हुनसक्छ । प्रतिष्पर्धी परास्त हुनुका साथै मुद्दा–मामिलामा विजयी भइने योग छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): परोपकारी कार्यमा मन जानुका साथै सामाजिक प्रतिष्ठा बढ्ने समय छ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । अर्थलाभका अवसर आउनेछन् । विवेक लगाएर कारोबार गर्नसके सोचेभन्दा बढी नै लाभ मिल्ने योग छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा आकर्षण रहनेछ । आफन्मिलनले सुख दिनेछ । मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइएला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्ला । नियमित कामहरु सजिलै बन्नेछन् । रमणीय स्थानको सुखद यात्रा हुने योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा विशेष सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव वृद्धिका कारण मित्रजनहरू अझै नजिक हुनेछन् भने शत्रुपक्ष परास्त हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): चुनौतीयुक्त दिन छ । घरेलु समस्याले सताउनुका साथै आर्थिक अपब्यको अवस्था निम्तिन सक्छ । पढाइलेखाइमा ध्यान दिन नसकिएला । मित्र बनेर धोकादिनेहरू सल्बलाउन सक्छन् । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । आजको दिन सवारी साधन, हातहतियार आदिको प्रयोगमा विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी समय छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । विशेष काममा कठिनाइ सहनुपर्ला । नोकरी तथा राजनीतिमामा भने सफलता र सम्मान मिल्नेछ । व्यवसायमा हानी ब्यहोर्नुपर्ने योग छ । मित्रजनको मन जित्न सकिए पनि आवश्यक सहयोग मिल्न गाह्रैपर्ला । आजको दिन आर्थिक लेनदेन नगर्नु उचित हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । योजना बनाएर गरिउका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष सन्तोषजनक रहनेछ । काम बन्नाले सुखको अनुभूति होला । पठनपाठनमा मन जानेछ । आफन्त एवम् मित्रजनको साथ-सहयोग मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): नियमित काममा जोश-जाँगर बढ्ने समय छ । आर्थिक लाभ पनि होला । साथीभाइसँग फलदायी भेटघाट हुने देखिन्छ । नयाँ कामका योजना बन्ने सम्भावना छ । व्यापारबाट राम्रै धनलाभ हुने योग छ । साथीभाइले सहयोग गरेपनि आफन्तको सहयोग भने नमिल्न सक्छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्