काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो ।
डिजेल र मटिट्तेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ खटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर अब १६२ रुपैयाँ कायम भएको छ डिजेल/मटिट्तेल १४१ रुपैयाँ प्रतिलिटर पर्नेछ । यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल/मट्टितेल १४२ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्