आज मिति वि. सं. २०८२ मंसिर १७ गते बुधबार ई. सं. २०२५ डिसेम्वर ३ नेपाल सम्बत ११४६ थिंलाथ्व त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर शुक्ल त्रयोदशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, परिघ योग, तैतिल करण । आज बिहान ६ बजेर ३८ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ९ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामाजिक तथा धार्मिक क्रियाकलापमा विशेष रुचि जाग्ने र रोकिएको काम बन्नाले उत्साह वृद्धि हुने समय छ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउला । साझेदार नै प्रतिस्पर्धीका रूपमा देखापर्न सक्ने योग भएकोले पार्टनरसिपमा व्यवसाय गर्नेहरू होसियार रहनु हितकर हुनेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्ने देखिन्छ । रचनात्मक कार्यले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । राजकाजमा विशेष सफलता प्राप्त होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मिश्रित फलदायी समय छ । सामान्य अस्वस्थताका बीच कामको बोझ बढ्ने देखिन्छ । सबल स्वास्थ्यका लागि खानपान लगायतमा विशेष ध्यान दिनुहोला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, मिठो प्रलोभनमा नपर्नु हितकर होला । इर्ष्यालु ब्यक्तिबाट पर रहेकै राम्रो । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न अवसर पाइएला । रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा विशेष ध्यान दिनुहोला । आक्षेप लगाउनेहरू सक्रिय हुनसक्ने सम्भावना रहेकोले सजग रही व्यवहार गर्नु हितकर हुनेछ । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु उचित होला । बौद्धिकताको उचित प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन नसोचेको विषयमा व्यवहारिक झमेला आइलाग्न सक्छन्, तर आत्मविश्वास उच्च रहनेछ । अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । दीर्घकालीन काममा लगानी गर्ने अवसर जुर्ने देखिन्छ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । परिवारिक सुख वृद्धि हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइने समय छ । खर्च केही बढे पनि रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने योग छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । इच्छाशक्ति बढ्नुका साथै लक्ष्यप्राप्तिमा सहजता होला । आरोग्यबल बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू पनि टाढिन सक्छन् । जटिल परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रही बव्यवहार गर्नुहोला । चुनौतीका बाबजुद सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रेमभाव बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मिश्रित फलदायी समय छ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । अनावश्यक तर्कले विवाद निम्त्याउन सक्छ, बोली-व्यवहारमा सजग रहनुहोला । हिसाबकिताबमा सावधान नहुँदा आर्थिक विवादमा परिने योग छ । मानसम्मानमा चोट पुग्न सक्छ । सहयोगीहरूको भावनालाई बुझेर व्यवहार गर्नु हितकर होला । सन्तानपक्षबाट सुख मिल्ने देखिन्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने समय छ । आँटेका काम बन्नाले जोश–जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । सहयोगीहरू जुट्नाले जस्तोसुकै जटिल कामबाट पनि फाइदा उठाउन सकिएला । घरखर्चमा केही वृद्धि हुनसक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । आफन्तजनको साथ-सहयोग प्राप्त हुनेछ । आरोग्यबल र पराक्रम बढ्ने छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउने छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको बन्धन कसिन सक्छ । विपरीतलिंगी मित्रको भावना बुझ्ने चेष्टा गर्नुहोला । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । पढाइलेखाइका लागि अनुकूल समय छ । मिठो भोजन प्राप्तिले सुख बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): केही खर्च लागे पनि जटिल कामको प्रयत्न सफल हुने समय छ । नियमित कार्य सामान्य रहला । पढाइलेखाइमा प्रगति हुनेछ भने परिश्रमबाट स्थिर सम्पत्ति जोड्ने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । साझेदारीको काममा केही समस्या आउन सक्छ, सजग रहनुहोला । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): खर्च बढेर केही समस्या उत्पन्न भएपनि बुद्धिको उपयोगले काम लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नजिकका आफन्त टाढिन सक्छन् तर विशिष्टजनसँग मित्रता बढ्ने योग छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । चुनौतीका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । स्वास्थ्य सबल रहला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । भाग्य बलवान् रहनाले रोकिएका काममा दोहा ऱ्याएर प्रयास गर्दा फाइदा हुनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । तथापि, नाता-सम्बन्ध गाँसेर फाइदा उठाउन खोज्नेहरूले सताउन सक्छन्, सजग रहनुहोला । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्