आज मिति वि. सं. २०८२ मंसिर ११ गते बिहीबार ई. स. २०२५ नोभेम्बर २७ नेपाल सम्बत ११४६ कछलागा सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर कृष्ण सप्तमी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, ध्रुव योग, गर करण । आज बिहान ६ बजेर ३४ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर ०९ मिनेटमा अस्ताउनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा विशेष संलग्नता रहनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी हातपर्ने योग छ । पढाइलेखाइमा पनि राम्रै प्रगति हुने देखिन्छ । रोकिएका काम सम्पादन हुनेछन् । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । सन्तानसुख बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । नियमित कार्यमा अनुकूलता वृद्धि हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभदायी समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा राम्रै साथ दिनेछन् । विगतको श्रमबाट धनलाभ हुने योग छ । लाभदायी यात्रा हुन सक्छ । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइनेछ । प्रेमभावका साथ आनन्द बढ्नेछ । मित्रजनका साथ रमाइलो यात्राका साथै मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक कर्ममा विशेष सफलता मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गर्ने मौका जुर्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग हुनाले दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । पढाइलेखाइमा प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा पनि विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ने देखिन्छ । प्रेमभाव, बौद्धिकता र रचनात्मकता बढ्नाले जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्ने योग रहेकोले ब्यर्थको यात्रा रद्द गर्ने प्रयास गर्नुहोला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ, खानपानलगायतमा सजग रहनुहोला । पारिवारिक जमघटमा मन रमाउनेछ । मित्रजनको साथ–सहयोग प्राप्त हुनेछ । चुनौतीका बाबजुद रसरागमा आकर्षण रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मिश्रित फलदायी समय छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्, तर विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने देखिन्छ । इष्टदेवको पूजा–उपासनाले राहत मिल्नसक्छ । केही विवादमा समेत परिने योग रहेकोले सचेत रही व्यवहार गर्नुहोला । दाम्पत्यजीवन सुखद रहनेछ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । रसरागको क्रियाकलापमा आकर्षण रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): रोकिएका काम पुनः अघि बढ्ने र पठनपाठनमा पनि प्रगति हुने समय छ । जस्तोसुकै समस्याको समाधान मिल्नुका साथै कार्यगति बढ्नेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । आजको दिन आर्थिक अभावले अलिक सताउनेछ । नसोचेको ठाउँमा धन खर्च हुन सक्छ । विशेष काममा मातापिताको सहयोग प्राप्त होला । यात्रागत कार्यमा सफलता मिल्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र नियमित कार्यमा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परे पनि विशेष योजनामा सफलता नै मिल्नेछ । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन हुनेछन् । नसोचेको ठाउँबाट धन आर्जन गर्ने मौका जुर्ला । आरोग्यबल बढ्नेछ ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अलिक बाध्यताका काममा जुट्नु परेपनि सानै प्रयत्नले राम्रो फाइदा उठाउन सकिने समय छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिनुका साथै दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला । बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुने योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्ने देखिन्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । नियमित कार्यमा केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने देखिन्छ । स्वास्थ्य सबल रहला । जमिनसम्बन्धी व्यवसाय गर्नेका लागि लाभको योग भएपनि अन्य व्यापारमा कममात्र फाइदा होला । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनाले भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): श्रमको तुलनामा कमै प्रतिफल पाइने तथा भएको आम्दानी सञ्चय गर्न नसकिने समय छ । तर आम्दानीमा कमी हुनेछैन । फसेको रकम हातलागी हुने योग छ । मालमत्ता चोरी वा नष्ट हुने सम्भावना रहेकोले सजग रहनु उचित हुनेछ । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । नियमित कार्यमा सहयोगीहरूले राम्रै साथ दिनाले कर्मबल बढ्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): अस्वस्थताका बाबजुद ब्यस्तता बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नुका साथै परिवारजनको भरण–पोषणमा खर्च वृद्धि होला । उत्साहमा कमी आउने समय छ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि अलिक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नपर्ला । तापनि, व्यापार तथा उद्योगतर्फ लााभको योग छ । आमाको साथले आत्मविश्वास बढाउला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् भने आँटे–गरेका काम पूरा भइ धनलाभ हुन सक्छ । नियमित कार्यमा जाँगर बढ्नुका साथै नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढ्न सकिएला । मित्रजनका साथ रमाइलो यात्रा हुने देखिन्छ । परिश्रमले अरुको विश्वास जित्न सकिनेछ । अधुरा काम बन्नेछन् ।
राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्


प्रतिक्रिया दिनुहोस्