मंसिर ०९ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० मंसिर २०८२, मंगलवार
6 Min Read
Aa

आज मिति वि. सं. २०८२ मंसिर ०९ गते मंगलबार ई. सं. २०२५ नोभेम्बर २५ नेपाल सम्बत ११४६ कछलागा पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर कृष्ण पञ्चमी, चन्द्रमा मकर राशिमा, उत्तराषाढा नक्षत्र, गण्ड योग, बव करण । आज बिहान ६ बजेर ३२ मिनेटमा झुल्किएको घाम साँझ ५ बजेर १० मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): विभिन्न अवसरले पछ्याउने समय छ । सहयोगीहरूको पूर्ण साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुनेछन् । व्यापार–व्यवसायमा फाइदा हुनेछ भने कर्म गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ । सन्तानसुख र प्रेमभाव बढ्नेछ । कृषि तथा पशुपालनबाट विशेष लभ उठाउन सकिनेछ । अनुकूलता वृद्धि भएको आभास होला ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): सामाजिक प्रतिष्ठा मिल्ने र गरेका कामको प्रशंसा हुने समय छ । तथापि, केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । बोलीको गलत अर्थ लाग्नाले विवादमा पर्ने योग छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विपरीतलिंगीको सहयोग मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पुनः मिल्ने समय छ । बौद्धिकता र पराक्रम वृद्धि होला । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । धन मान महत्व बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मान सम्मान र प्रतिष्ठा आर्जन हुने समय छ । समाजसेवा र राजनीतिमा पनि प्रसिद्धि बढ्ने योग छ । ब्यस्ततासँगै आम्दानी पनि बढ्नेछ । सहयोगीहरू जुट्नाले नियमित कार्यमा उत्साह थपिनेछ । खर्च केही बढेपनि सुखद यात्रा गर्ने अवसर जुट्न सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दिगो फाइदा हुने काम र जिम्मेवारी हातपर्ने समय छ । रोकिएका काम बन्नेछन् । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउने योग छ । कार्यबोझ वा जिम्मेवारी थपिए पनि कामहरू बन्नाले उत्साह वृद्धि हुनेछ । निकटका मित्र एवम् आफन्तहरू कुनै कारणले रुष्ट हुनसक्ने योग रहेकोले व्यवहारमा सरलता तथा सजगता अपनाउनु हितकर हुनेछ । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन केही चुनौतीयुक्त या प्रतिकुल रहन सक्छ । अरुका काममा ज्यादा समय बिताउनुपर्ला । हतारको निर्णयले सास्ती बढ्न सक्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, खानपिनमा विशेष ध्यान दिनुहोला । परोपकार वा सामाजिक कार्यमा परिस्थितिले साथ दिनेछ । प्रतिष्ठा पनि बढ्नेछ । आफन्तजनको अपेक्षित साथ नमिलेपनि समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): केही प्रतिष्पर्धा बढेपनि आँटेका विशेष काम पूरा हुने समय छ । शुभचिन्तकहरूले साथ दिनेछन् भने कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने देखिन्छ । रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुने योग छ । आरोग्यबल बढ्नेछ । यात्रा सुखद रहनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन सुखकारी एवम् लाभदायक देखिन्छ । सहयोगीहरूले साथ र हौसला दिनाले प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । व्यावसायिक काममा राम्रै फाइदा हुनेछ, खर्च भने केही बढ्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिने योग छ । पराक्रम झल्कने कार्यमा विशेष लगाव रहला । मिठो भोजन प्राप्तिले मन तृप्त बन्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अरूको मन जितेर अवसर हात पार्न सकिने समय छ । व्यापार–व्यवसायबाट विशेष लाभ लिन सकिनेछ । व्यवसायबाट सोचेको लाभ मिल्ने तथा व्यवसायिक यात्राको सम्भावना छ । आयआर्जन भए पनि यात्रा सुखद नरहन सक्छ, ध्यान राख्नुहोला । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्ला । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): काममा अलिक प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौतीसमेत देखापर्ने समय छ । कोसिस गर्दा केही रम्रा अवसर मिल्न सक्छ । भेटघाटमा अल्मलिनाले महत्वपूर्ण काममा बाधा पुग्ने योग भएपनि विवेकको सही प्रयोगले समस्या सुल्झने देखिन्छ । घरायसी समस्या बढ्न सक्छ । बन्न लागेको काम पनि अर्थ अभावले स्थगित हुने सम्भावना छ । तथापि कर्मबल बढ्नेछ भने साझेदारीको काममा लाभ हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): नियमित कार्यमा केही चुनौती बढ्ने समय छ । आँटेका काम मुस्किलले बन्नेछन् भने खर्च वृद्धिका साथै आर्थिक अभावले महत्वपूर्ण काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सजग रही व्यवहार गर्नुहोला । पठनपाठनमा खासै ध्यान जाने छैन । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । बुद्धि–विवेकले साथ दिनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यस्तता केही बढेपनि रोकिएका काम बन्नेछन् भने दीगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिएला । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका मिल्ने देखिन्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइने योग छ । आफन्तको साथ मिले पनि मित्रसँगको भेटघाटमा अवरोध पैदा हुन सक्छ । स्वास्थ्य सबल रहनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्