एमालेलाई नजिस्काउन ओलीको चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई नजिस्काउन चेतावनी दिएका छन् । उनले वर्तमान सरकारसँग चुनाव गराउने कुनै संवैधानिक अधिकार नभएको भन्दै तत्काल राष्ट्रपतिले सरकार हटाउनुपर्ने पनि भनेका छन् । सरकारले आँफै उत्तेजना फैलाउने काम गरेको ओलीको आरोप छ ।

आज (शनिबार) एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई जिस्काउने काम नगर्न सबै पक्षलाई चेतावनी दिएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘म भन्न चाहन्छु, एमालेलाई उत्तेजित बनाउने काम नगर्नु, यसलाई जिस्क्याउने काम नगर्नुस्। लोकतन्त्रलाई यो भन्दा बढी आक्रमण गर्न सकिन्छ भनेर भ्रम नपाल्नुस्। यो भन्दा बढी अगाढि बढ्छु भन्ने ठान्नुहुन्छ भन् तपाईंहरूका लागि पनि हितकर हुने छैन ।’

- Advertisement -
Ad image

उनले सरकारले साँच्चै चुनाव चाहेको हो भने त्यहीअनुसारको तयार गर्नुपर्ने सुझाव दिए । तर, चुनावको नाममा नाटक नगर्न उनको चेतावनी थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्