मंसिर ०६ गते शनिबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ मंसिर २०८२, शनिबार
7 Min Read
Aa

आज मिति वि. सं. २०८२ मंसिर ०६ गते शनिबार ई. स. २०२५ नोभेम्बर २२ नेपाल सम्बत ११४६ कछलागा द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर कृष्ण द्वितीया, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, सुकर्मा योग, कौलव करण । आज बिहान ६ बजेर ३० मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ५ बजेर १० मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पहिलेका कमी–कमजोरीलाई सुधार गर्दै रोकिएका कामकाज बिस्तारै अघिबढाउन सकिने समय छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । आत्मीयजनसँग फलदायी भेटघाटको योग छ । कुनै नयाँ योजनाबारे दोधारको अवस्था सिर्जना हुनसक्छ । नियमित कार्यमा पारिवारिक सहयोग रहनेछ । स्वास्थ्य केही कमजोर रहला । बिछोडिएका परिवारजनसँग भेटघाटको सम्भावना छ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन असन्तुष्ट रहन सक्छ । बोलीको विपरीत अर्थ लाग्नसक्ने सम्भावना रहेकोले बोली र व्यवहारमा अत्यन्त सजगता अपनाउनु हितकर हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । धन आर्जनको योग छ । दाम्पत्य सम्बन्धमा प्रेमभाव वृद्धि होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कतैबाट नयाँ कामको प्रस्ताव आउनुका साथै विगतको सफलताले थप काम गर्न हौसला मिल्ने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने व्यवहारबाट नयाँ ज्ञान प्राप्त हुने योग छ । बौद्धिक अभिव्यक्तिले ठूलै अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामाजिक कार्यमा रुचि बढ्नुका साथै रचनात्मक प्रकृतिका काममा विशेष सफलता मिल्ने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ भने पहिलेको सफलताले थप हौसला जगाउला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्ने योग छ । आरोग्यबल वृद्धि हुनेछ । पराक्रम बढेर शत्रुपक्ष परास्त गर्न सकिनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । नियमित कार्यमा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । अर्काको काम गरिदिनुपर्ने झमेला आइलाग्न सक्छ, विवेको सही प्रयोग गरी पन्छिने प्रयास गर्नु उचित हुनेछ । आजको दिन दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सरल व्यवहारको दरकार छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातको ध्यान आकर्षित गर्ने कार्य सम्पादन हुने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): जटिल काम सम्पादन हुनाले पराक्रम तथा उत्साह बढ्ने समय भएपनि सहयोगीहरूले हात झिक्नाले नियमित कार्यमा केही समस्या थपिने देखिन्छ । व्यापार–व्यवसायबाट विशेष फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम सहजै समेत सम्पादन हुने योग छ । कमी–कमजोरीलाई सुधार्ने मौका पाइएला । आरोग्यबल बढ्नेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): विचार र व्यवहारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा राम्रो साथ दिनेछन् । रोकिएको काम ठूलाबडाको आशीर्वादले बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने सम्भावना छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । दीगो आम्दानी हुने कार्यमा लगानीको योग छ । साहसिक कार्यमा आकर्षण रहनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मेहनतले सम्मानित स्थान दिलाउने समय छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । शुभता बढेर रोकिएको काम बन्नेछ । स्वास्थ्य सबल रहनुका साथै उत्साह–उमङ्ग प्राप्त हुनेछ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । आजको दिन परिवारमा भने केही असमझदारी बढ्न सक्छ, सरल व्यवहार गरी समस्या समाधान गर्न सकिएला । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनुका साथै कामले धेरैको मन लोभ्याउन सकिने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नुका साथै अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिएला । कर्मबल बढ्नुका साथै भूमि तथा पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ हुनसक्छ । तथापि, चोरी वा ठगीमा परिने योग समेत रहेकोले आर्थिक कारोबार गर्दा आजको दिन विशेष सजगता अपनाउनु उचित होला । गीतसंगीतका साथै रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । गुरुजनको सहयोग र बुद्धिविवेकको सही उपयोगले लक्ष्य पहिल्याउन सकिएला । प्रतिस्पर्धाका बीच पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ रहने देखिन्छ । विभिन्न उपहार प्राप्त हुने सम्भावना छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिएला । आफन्तजनको साथ मिल्नेछ । साझेदारीको काम बन्नुका साथै सुख विलास पनि बढ्ने योग छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति हुने समय छ । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिएला । टाढिएका आफन्तहरू नजिकिनेछन् भने हाँसखेलमा दिन गुज्रने देखिन्छ । आजको दिन सहयोगीहरूले पनि साथ दिनेछन् । कृषिकर्ममा विशेष फाइदा हुने योग छ । सामर्थ्य वृद्धिका कारण कुनैपनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मिश्रित फलदायी समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त होला । ब्यस्तता बढ्नेछ । अनावश्यक दौडधुपमा समय बित्न सक्छ, ब्यर्थका यात्रा नगर्नु उचित होला । समयको गतिलाई पछ्याएर कर्म गर्ने प्रयत्न गर्नु उचित हुनेछ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्