प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडाैं – प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवहरुलाई सिंहदरबारमा विशेष निर्देशन दिएकी हुन्। उनले सचिवहरुलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र अझै पनि नपुगे थप अधिकार दिन पनि तयार रहेको बताउँदै आफ्नो जिम्मेवारीको कुनैपनि कामका लागि अरुको मुख नताक्न निर्देशन दिइन्। जेन-जी आन्दोलनको भावनाअनुसार छिटोछरितो सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा गम्भीर भएर लाग्न आग्रह गरिन्।

- Advertisement -
Ad imageAd image

उनले भनिन्, ‘हामी अस्थायी हौं। म क्षणिक हो। ब्युरोक्रेसी स्थायी सरकार हो। तपाईँहरु यही क्षेत्रमा लामो समयदेखि हुनुहुन्छ। अनुभव, दक्षता र विशेषज्ञता पनि तपाईँहरुसँग हुन्छ। मेरो दाहिने-देब्रे जे भने पनि तपाईँहरु हो। मैले निर्देशन दिन सक्छु, सही गरेर दिन सक्छु तर त्यसको कार्यान्वयन तपाईँहरुले नै गर्ने हो। बोलेर मात्र हुँदैन। काम त तपाईँहरुले नै गर्ने हो। त्यसैले नतिजामुखी भएर काम गर्नुहोस्। काममा कुनै प्रकारको बहानाबाजी नहोस्।’

मन्त्रीको भौतिक उपस्थिति नहुँदा रोकिएका कामहरु केही छन् भने पनि तुरुन्त अगाडि बढाउनुपर्ने उनको भनाइ थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्