मंसिर ०५ गते शुक्रबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०८२, शुक्रबार
7 Min Read
Aa

आज मिति वि. सं. २०८२ मंसिर ०५ गते शुक्रबार ई. सं. २०२५ नोभेम्बर २१ नेपाल सम्बत ११४६ कछलागा द्धादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्तर्तु ऋतु, मंसिर कृष्ण प्रतिपदा, चन्द्रमा वृश्चिक राशिमा, विशाखा नक्षत्र, शोभन योग, नाग करण तथा विश्व टेलिभिजन दिवस ।
आज बिहान ०६ बजेर २९ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ०५ बजेर ०९ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तर, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुऱ्याउनुहोला । आफन्त र मित्रजनबाट सहयोग तथा हौसला मिल्नेछ, साहस बढ्नेछ । आमोदप्रमोदमा रमिरहने अवसर जुर्ने योग छ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहने देखिन्छ । आयआर्जन राम्रै हुने समय छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुनसक्छ । स्वास्थ्यमा भने विशेष ध्यान पुऱ्याउनुपर्ने देखिन्छ । उद्योग–व्यापारमा विशेष फाइदा हुने योग छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । आजको दिन मूलतःमनोरन्जनमा समय ब्यतित भएर जानेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन नियमित कार्यमा बाधा आइपर्न सक्छ, साथै सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् । तथापि, वित्तादि लाभ तथा धनार्जनको योग छ । बिनाप्रतिस्पर्धा फाइदा हुने देखिन्छ । पढाइलेखाइ तथा बौद्धिक क्रियकलापमा खासै समय दिन नसकिएला । ब्यापार–ब्यवसायमा भने फाइदा नै होला । यात्रागत कार्य सार्थक रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुनुका साथै नियमित कार्य सम्पादनमा बाधा पर्न सक्छ । समयमा काम पूरा नहुनाले सम्भावित महत्वपूर्ण अवसर पनि गुम्ने सम्भावना छ । छरछिमेकमा विवाद वा झैझगडाको योग रहेकोले विशेष सावधानी अपनाउनुहोला । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । मित्रजनको सहयेग रहनेछ, खासगरी विपरीतलिंगीको मद्दतबाट समस्या समाधान हुनसक्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):  काम बिग्रने डरले सताएपनि व्यापार–ब्यवसायमा राम्रै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आजको दिन कसैलाई बेसुरमा वचन दिनाले दुःख पाइने तथा मान–सम्मानमा पनि ठेस पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमण ब्यर्थ सावित हुने सम्भावना छ । तथापि, रसरागको कार्यक्रममा आकर्षण रहला । आरोग्यबल बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): महत्वपूर्ण कार्य सजिलै बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुने योग छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनाले उत्साह वृद्धि होला । परोपकारजन्य क्रियाकलापमा लगाव रहनेछ । मंगलमय कृत्य सम्पादन गर्न सकिनेछ । आफन्तजनको साथले कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनुका साथै परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । आजको दिन खर्चमा भने केही वृद्धि हुनसक्छ । मितव्ययिता अपनाउने प्रयास गर्नु उचित होला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनसक्छ । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको खराबीले पनि लक्ष्यप्राप्तिमा बधा गर्न सक्छ । स्वास्थ्य केही कमजोर रहला । धेरै लगानीपछि कममात्र प्रतिफल मिल्नसक्छ । आँटेको काम समयमा पूरा नहुने योग रहेकोले विशेष योजना थाती राख्नु उचित हुनेछ । पढाइलेखाइमा त्यत्ति मन नजाला । तर्कशक्ति भने सबल रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सहयोगीहरूले राम्रो साथ दिएपनि आजको दिन समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । तथापि, रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । कर्मबल बढ्नेछ, पठनपाठनमा प्रगति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): विशेष लाभको काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्नेछन् । विशेषगरी आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । तथापि, अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ, ध्यान राख्नुहोला । असावधानीले ब्यर्थमा खर्च बढ्न सक्छ । प्रेमभाव बढ्नेछ । बौद्धिक एवम् रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्या निराकरण हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । बाध्यताले अप्ठ्यारोमा पार्ने देखिन्छ । तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना रहेकोले सतर्क रही व्यवहार गर्नु उचित होला । यात्राको प्रक्रिया अघि बढ्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनसक्छ । खानपानमा ध्यान दिनुहोला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्नसक्ने र स्वास्थ्यसम्बन्धी पुरानो समस्याले सताउने सम्भावना छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने योग छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्