मंसिर ०३ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०८२, बुधबार
7 Min Read
Aa

आज मिति वि. सं. २०८२ मंसिर ०३ गते बुधबार ई. सं. २०२५ नोभेम्बर १९ नेपाल सम्बत ११४६ कछलागा चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर कृष्ण चतुर्दशी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, सौभाग्य योग, शकुन करण । आज बिहान ०६ बजेर २८ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ०५ बजेर ११ मिनेटमा अस्ताउनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): स्वास्थ्य सबल रहनुका साथै विभिन्न अवसरले पछ्याउने समय छ । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने देखिन्छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । तथापि, खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइने योग छ, सजग रहनुहोला । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । बोलीको विशेष प्रभाव रहनेछ ।

- Advertisement -
Ad image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम बनी नयाँ काम सुरु हुने समय छ, तर समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, व्यवहारमा विशेष सजगता अपनाउनुहोला । व्यापारमा फाइदा हुनेछ । बहुमूल्य धातु संग्रह गरिने योग छ । सामाजिक क्रियाकलापमा संलग्न हुनुपर्ने देखिन्छ । शत्रुपक्ष परास्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । अन्धविश्वासको भरमा परेर कार्य नगर्नु हितकर हुनेछ । धार्मिक कार्यमा बाधा सृजना हुन सक्छ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा पनि केही विवाद निस्कन सक्छ, सावधान रहनुहोला । राजनीतिक पहुँच बढ्नेछ । प्रतिष्पर्धी परास्त हुनेछन् । रमाइलो यात्राको योग छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनुका साथै मंगलमय काम सम्पादन हुनसक्ने समय छ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुने योग देखिन्छ । काममा आफन्त एवम् मित्रजनजनको सहयोग जुट्नेछ । आम्दानी बढ्नाले उत्साह थपिएला । स्वास्थ्यगत समस्याले भने केही सताउन सक्छ । आत्मबल र कार्यक्षमतामा कमी आउनेछैन । रोकिएको कामले पूर्णता पाउनेछ । रसरागको भाव जागृत होला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सुखद समाचार प्राप्ति र परिवारजनको सहयोगले नियमित कार्यमा उत्साह बढाउनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिने समय छ । आजको दिन सबल स्वास्थ्यका लागि भने खानपन लगायत क्रियाकलापमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । आत्मीयजनसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्ने योग छ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर होला । बौद्धिक काममा विशेष सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): शुभदायी समय छ । भूमिबाट राम्रो फाइदा मिल्ने एवम् साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुने देखिन्छ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई विशेष फाइदाको दिन रहेको छ । यात्रागत कार्यबाट धनलाभ होला । प्रेम र मित्रताको बन्धन कसिने योग छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । आयबल वृद्धिले उत्साह जगाउनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन केही चुनौतीयुर रहला । सामान्य अस्वस्थताले पनि नियमित कार्यका साथै राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइने योग रहेकोले अत्यन्त सजग रही कार्य–व्यवहार गर्नु हितकर हुनेछ । पति–पत्नीबीच असमझदारी बढ्ने सम्भावना रहेकोले व्यवहारमा लचकता अपनाउनुहोला । मातृ–स्वास्थ्यप्रति चिन्ताभाव प्रकट हुनसक्छ । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): नियमित कार्यमा मन लाग्नुका साथै व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । सामर्थ्य वृद्धिका कारण रोकिएको काम पनि अघिबढ्नेछ । आफन्त, परिवारजनमा आत्मीयभाव वृद्धि होला । जीवनसाथीलाई भने केही पीडा हुने योग छ । स्वास्थ्यबाधा तथा समस्या पहिचान हुन कठिन हुने देखिन्छ । आजको दिन समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ने योग छ । सुख–सुविधाको वस्तु खरिदमा खर्च केही बढ्न सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका जुर्ला । राजनीतिक पहुँच बढ्नेछ भने कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । आजको दिन ब्यापारबाट राम्रै धनलाभ हुने योग छ । भौतिक साधनहरू जुट्नेछन् भने कृषिउपज र पशुधनबाट पनि लभ नै मिल्ने देखिन्छ । आर्थिक समस्या समाधान हुनुका साथै शत्रुपक्षलाई परास्त गर्न सकिनेछ । रसरागात्मक क्रियाकलपमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): मिश्रित फलदायी समय छ । मित्रजनका साथ रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । पठनपाठन कार्यमा राम्रै प्रगति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । रमाइलो यात्राको सम्भावना पनि रहेको छ । प्रेमभाव बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । तर, आर्थिक विषयका कारण बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ, सजग रहनुहोला । स्वास्थ्य सबल रहनेछ । ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । प्रतिस्पर्धीहरूले ठाउँ ओगट्न सक्छन् । स्वास्थ्यगत समस्याले दुःख दिन सक्छ । घरखर्च बढ्नुका साथै व्यापार–व्यवसायमा केही मन्दी आउने देखिन्छ । स्थायी सम्पत्तिमा विवाद आउनसक्ने योग रहेकोले अनावश्या झैझमेलाबाट पन्छिनु हितकर हुनेछ । बौद्धिक ढङ्गले समस्या समाधानको प्रयासले सार्थकता पाउनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पारिवारिक सम्बन्ध केही कमजोर बनेको अनुभूति भएपनि आर्थिक समस्या समाधान हुने समय छ । स्वास्थ्य केही कमजोर रहला । काममा आफन्तको साथ मिल्नेछ । चोटपटक लाग्नसक्ने योग रहेकोले हातहतियार तथा सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । मिठो भोजन प्राप्त हुनेछ, तर खानपानमा सावधानी अपनाउनु हितकर होला । लेखन–प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्