मंसिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ कार्तिक २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप भएको छ। निर्वाचन आयोगले शुक्रबार मंसिर ५ गते सम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने समय थपेको हो ।

पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकहरूको सहजता र सुविधाका लागि म्याद थप गरिएको हो ।

- Advertisement -
Ad image

यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो। म्याद थपिएसँगै ५ मंसिरसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ।

थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचय पत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेको प्रि रजिस्ट्रेसन सिस्टममार्फत आवेदन गर्न सकिने आयोगले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्